अलपत्र अवस्थामै कर्णालीकै पहिलो, ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’

जुम्ला, ३१ बैशाख ।
जुम्लाको पातारासी गाउँपालिका (३ लोठचौरमा अवस्थित निर्माणाधीन ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ ८ वर्षदेखी अलपत्र अवस्थामा छ।विश्वकै सर्वाधिक उचाईमा धान फल्ने छुमचौरमा निर्माण सुरु भएको कर्णालीकै पहिलो ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ विगत ८ वर्षदेखि अलपत्र परेको हो।निर्माण कार्य थालनी भएदेखि कहिले बजेट अभाव, त कहिले जग्गा विवादका कारण रोकिएको पातारासी गाउँपालिका-३ लोठचौर गाउँकी स्थानीय ललिता रावत (बोहोरा) ले बताइन्।
उनले,झभनिन् कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टरको निर्माण कार्य अझै अघि बढ्न सकेको छैन् । जुम्लामा खेल क्षेत्रमा यूवा यूवतीको आर्कषण बढ्दै गएपनि प्रयाप्त संरचना नबन्ने,निर्माण सुरु भएका पूर्वाधार पनि अलपत्र पर्ने कार्यले खेलाडीहरुमा निराशा छाएको छ।लामो समय देखि निर्माण कार्य रोकिदा अब खेलकुदका लागि संरचना नबन्ने भन्दै स्थानीयहरुले निराशाजनक भएको ललिता बताउँछिन्।
आर्थिक वर्ष ०७४/७५ मा ट्रेनिङ सेन्टरको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० समेत तयार भएको थियो।उक्त प्रतिवेदनले विश्वकै अग्लोस्थानमा सुविधायुक्त हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि ३२ करोड रुपैयाँ लाग्ने उल्लेख छ । तर अहिले सम्म ट्रेनिङ सेन्टरको जग्गा सुम्याउनका लागि करिब ३ करोड रुपैया खर्च भईसकेको छ।आयोजनाले पूर्णता पाउन बजेट अभावनै मुख्य बाधक बनेको सोही गाउँका युवा तिलाराज महतारा बताउँछन्। उनका अनुसारझगाउँमै सुविधायुक्त ट्रेनिङ सेन्टर पाउने स्थानीयमा आशा निरासा मात्र बनेको छैन्।
जग्गा बिवादले पछि निर्माणनै अन्यौल भएको छ। यता पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा भन्छन् ञचालु आर्थिक वर्षमा संघिय सरकारले ट्रेनिङ सेन्टरका लागि ६ करोड २९ लाख बजेट विनियोजन गरेको छ । बजेट विनियोजनपछि स्थानीय उत्साहित भएपनि निर्माण कार्य अघि बढ्न नसक्दा विनियोजित बजेट फ्रिज हुने समस्या बढेको छ । ‘हाईअल्टीच्युट टेर्निङ सेन्टरका नाममा जग्गा पास नहुँदा काम अगाडि बढ्न सकेको छैन् ।
जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाउने, निर्माणको काम अगाडि बढाउने भनिएपनि विवाद सुल्झीन सकेको छैन् । जसका कारण टेर्निङ सेन्टर अलपत्र बनेको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाका तत्कालीन कार्यालय प्रमुुख बरमबहादुर महतले स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार रूपैया“ बजेट ट्रेनिङ सेन्टरको लागि विनियोजन भएको बताए। तर,जग्गा पास नभई काम अघि बढ्ने स्थिती छैन्।
हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्स लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने छ। भने स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुना घर, टिकट काउन्टर लगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।
ट्रेनिङ सेन्टरको खेल मैदान निर्माणका लागि पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको थियो। २०८० फागुन महिनाको २७ गतेका दिन सुरु भएर २०८१ असार २० गते निर्माण सम्पन्न हुने गरी खेल मैदान निर्माण थालिएको थियो।जग्गा ट्रेनिङ सेन्टरको नाममा नभएपनि तीनैतहका सरकारले पटक पटक लगानी भने गर्दै आएको छ ।
पूर्वाधार निर्माणपछि खेल प्रर्बद्धन संगै जुम्लाको स्याउ,सिमि,मार्सी,जडिबुटिको बजारीकरणमा टेवा पूग्ने र जुम्ला खेल पर्यटन क्षेत्रका रुपमा समेत विकास हुने स्थानीयको अपेक्षा छ । संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन।उच्च हिमाली भेकको अवलोकन,शुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुनेछ ।
खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्युला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको दृश्यावलोकन, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने सरोकारवालाको विश्वास छ।

क्याप्सनस् निर्माणाधीन कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर तस्बिर गोल्डेन बुढा ।






