कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

गाेल्डेेन बुढा

जुम्ला,३० जेष्ठ ।
कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँकागाउँ नजिकै सुख्खा पहिरो जाँदा तिन घण्टादेखि सवारीसाधन चल्न सकेका छैनन्। दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो ।

पहिरोका कारण सय भन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु पैदल हिँडेर गन्तव्यमा पुग्नु पर्ने अवस्था आएको पहिरो गएको स्थानबाट नेपाल पत्रकार महासंघ शाखा जुम्लाका निर्वतमान अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनका अनुसार एक्कासी सुख्खा पहिरो झरेको हो । २० देखि २५ मिटर लामो पहिरो खसेको छ । उनले भने, ‘पहिरो पन्छाउन काम अहिलेसम्म भइरहेको छ। स्थानीय प्रहरी प्रशासन र तातोपानी गाउँपालिकाबाट बाटो खुलाउन समन्वय भइसकेको छ ।’कनकासुन्दरी गाउँपालिका -१ का यात्रु भिमबहादुर भण्डारीले छिटोभन्दा छिटो पहिरो हटाएर राजमार्ग खोल्न आग्रह गरेका छन् ।

ठुल्ठुला चट्टान खसेकोले सडक खुलाउन अझै समय लाग्ने देखिन्छ।पहिरोले मानवीय क्षति भएको छैन । तर यातायात सेवा ठप्प भएकोले जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरो गएको स्थानमा नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको टोली खटिएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए ।उनका अनुसार सडक खुलाउन डोजरले निरन्तर काम गरिरहेको छ ।सुर्खेत नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगन्ज जाने यात्रुहरु मर्कामा छन् । छोटो दुरीका सवारीसाधनहरु रोकिएको स्थानीयहरु बताउँछन्।

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

नेपालगन्ज मेयर कप भलिबल प्रतियोगिता सम्पन्न: आदर्श

Leave a comment

Your email address will not be published. Required fields are marked *