सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले संसदमै गुहार मागेका छन् ।

मंगलबारको शून्य समयमा भोटेले आफ्नो भनाइ नै ‘गुहार, गुहार, गुहार’ भनेर सुरुवात गरेका हुन् ।

‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसद्को अधिकार लुटेको छ’, उनले गुहार माग्नुको कारण खुलाए ।

‘कहिले १८ घण्टे लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातिले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ’, सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले भने,‘गुहार सरकार, जताततै गाउँ बस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरबार जलिरहेको छ ।’

रोम जलिरहेका बेला त्यहाँका शासक नुरोले बाँसुरी बजाइरहेको जस्तो भएको भन्दै सरकारले सर्वसत्तावाद लादिरहेकोमा भोटेले आक्रोश पोखेका थिए ।

सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !

तातोपानीको ‘थलाले गाउँ’मा पुग्यो गाडी