नेपाल निजामती कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा धर्मविर पल्ली मगर


सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन सुर्खेत जिल्ला कार्यसमितिको अध्यक्षमा धर्मविर पल्ली मगर चयन भएका छन् । मंगलबार भएको अधिबेशनमा नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्य समितिको उपाध्यक्ष (खुला) देवबहादुर नेपाली, उपाध्यक्ष (महिला) प्रतिमा थानी, उपाध्यक्ष (समावेशी) रिमाकुमारी कँडेल, सचिव महेशकुमार थापा, सहसचिव (युवा) लोमनकेशर खनाल, कोषाध्यक्ष तपबहादुर बुढा, सदस्य (खुला) नरेन्द्रबहादुर हमाल चयन भएका छन् ।
त्यस्तै, सदस्य (खुल्ला) चक्रबहादुर के सी, रामबहादुर बुढा, प्रेमप्रकाश चपाई, मानबहादुर बस्नेत, श्रेणीबिहिन सदस्यमा दण्डमाणी सुवेदी, सुरेशबहादुर कार्की, महिला सदस्यमा मधु रेग्मी, पुष्पा आचार्य शर्मा, समावेशी सदस्यमा दिनेश विश्वकर्मा र खेमसिंह ठकुरी चयन भएका छन् ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि सिताकुमारी खत्री गिरी, विष्णुकुमारी गुरुङ, शुशिलकुमार के सी, द्रोणदेव वन, काशीराम भट्टराई, नन्दराम चौलागाई र मेघनाथ शाही चयन भएका छन् ।
प्रदेश अधिवेश प्रतिनिधिमा गणेशकुमार थापा, राजिमान बुढा, घनबहादुर बुढा, देवीकुमारी राना, वीरेन्द्र पुन, विवेकजंग शाही र चतुर्भुज गौतम चयन भएका छन् ।
प्रदेश बिभागीय कार्यसमितितर्फअध्यक्षमा बेलमता बस्नेत, उपाध्यक्ष (खुला) रमेशकुमार पाण्डे, उपाध्यक्ष (महिला) देवी के सी, उपाध्यक्ष (समावेशी) कुम्भराज मल्ल, सचिव वेदप्रसाद पंगाली, सहसचिव (युवा) प्रकाश भण्डारी, कोषाध्यक्ष यमुना श्रेष्ठ, सदस्यतर्फ खुलामा वीरेन्द्रबहादुर माझी, प्रदिप बस्नेत, डिकेन्द्र राना,
तिलबहादुर राना र पदमप्रसाद जैसी चयन भएका छन् ।
त्यस्तै, श्रेणीविहीनतर्फ तुलाराम चौधरी, गणेश घर्ती मगर, महिलातर्फ प्रतिक्षा रावल, खुमा भट्टराई, समावेशीतर्फ बालकुमारी चौधरी र लिला पहाडी चयन भएका छन् ।
प्रदेश विभागीय सभातर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विकेन्द्र ढकाल, भद्रबहादुर थापा, बिनिता बस्याल र हिमालय साउद चयन भएका छन् ।
प्रदेश विभागीय सभातर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा किरणकुमार शर्मा, कृपाराम शर्मा, मेनका संज्याल र कर्णबहादुर गाइन चयन भएका छन् ।






