नवोदित कानुन व्यवसायीहरुलाई सम्मान
सुर्खेत, २५ जेठ ।
प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल जिल्ला कार्यसमिति सुर्खेतले नवोदित कानुन व्यवसायीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार नेपाल कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका नवोदित कानून व्यवसायीलाई संगठनले स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष एवं प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर थिए ।
कार्यक्रममा विशिष्ठ अथिति प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपाल कर्णाली प्रदेश कमिटिका संयोजक अधिवक्ता रामबाबु विसी, अतिथिहरुमा संगठनका केन्द्रीय सदस्य अधिवक्ता हस्तराज रेग्मी, कर्णाली प्रदेश कमिटिका सचिव अधिवक्ता रामबहादुर भण्डारी, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन सुर्खेतका निवर्तमान अध्यक्ष अधिवक्ता नारायणनाथ योगी, संगठनका सुर्खेत जिल्ला कमिटी पुर्व ईन्चार्ज अधिवक्ता नन्दबहादुर भण्डारी थिए ।
कार्यक्रमको स्वागत मन्तव्य सुर्खेत जिल्ला कमिटिका कोषाध्यक्ष अधिवक्ता प्रेमबहादुर फडेराले राखेका थिए, भने कार्यक्रम संचालन सचिव अधिवक्ता खगेन्द्रबहादुर खनालले थिए ।
प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले आफ्नो लामो अनुभवका आधारमा भएका सिकाईहरुलाई उजागर गर्दै धैर्यतालाई आत्मसात गर्नसक्ने कानून व्यवसायीहरु सफल हुने बताए । पिपिएलए सुर्खेतले आयोजना गरेको कार्यक्रमबाट अझ थप उर्जा प्रदान गर्ने अपेक्षा वक्ताहरुले गरेका थिए ।
कार्यक्रममा सम्मानित हुने नवोदित कानुन व्यवसायीहरु अधिवक्ता तिलकराम सुनार, अधिवक्ता रुद्रबहादुर शाही, अधिवक्ता टिका विष्ट, अधिवक्ता पर्वत अधिकारी, अधिवक्ता अनिलकुमार शाही, अधिवक्ता लोकेन्द्र बहादुर शाही, अधिवक्ता गजबहादुर केसी, अधिवक्ता लोकप्रसाद गौतम र कर्णाली प्रदेशका पुर्व कानुन न्याय तथा आन्तरिक मामिला मन्त्री अधिवक्ता सिताकुमारी नेपाली छन् ।