लागु औषधसहित दुईजना युवा प्रहरीको नियन्त्रणमा

गाेल्डेन बुढा
जुम्ला,२२ जेष्ठ ।
जुम्लामा प्रहरीले दुई जना युवालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ।जुम्लाको चन्दननाथ नगरपालिका-४, भारतिवाडामा नियन्त्रणमा लिएको हो।विशेष गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १९ वर्षीय समुन्द्र गिरी र प्रशान्त थापालाई पक्राउ गरेको हो।समुन्द्र गिरीको घरमा विशेष निगरानीका क्रममा दोस्रो तलाको कोठामा छापा मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बताए।

खानतलासी गर्दा गिरीले निलो प्लास्टिकमा लुकाएर राखेको ब्राउन सुगरजस्तो लागु औषध झ्यालबाट फाल्ने प्रयास गरेका थिए।प्रहरीले बरामद गरी जाँच गर्दा २ सय ३० मिलिग्राम शुद्ध लागु औषध भएको पुष्टि गरेको छ।पक्राउ परेका दुवै युवालाई तत्काल पक्राउ पुर्जी जारी गरी हिरासतमा राखिएको छ।प्रहरीले लागु औषधको स्रोत र सम्भावित अवैध सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेको छ।

लागु औषधसहित दुईजना युवा प्रहरीको नियन्त्रणमा

संस्कृत पढ्दै किशोरी:दलित विद्यार्थी भने,शुन्य

Leave a comment

Your email address will not be published. Required fields are marked *