गगने खाेलामा फेरि पहिरो,सडक बन्द

गाेल्डेन बुढा
जुम्ला,१९ भदौ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो गएको छ।सुर्खेत – जुम्ला सडकखण्डमा पहिरो खसेको हो । यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जुम्लाले जनाएको छ ।कार्यालयका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ ।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई सास्ती भइरहेको छ।
दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिएको हो।फेरि गगनेमै पहिरो गएकाे छ, ‘असार यतामात्रै २७ पटक गगनेमै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भइसकेको छ।






