छायाँनाथ धामको तीर्थयात्रा सुरू

मुगु, १८ साउन ।

हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ। सिञ्जा सभ्यताको ऐतिहाँसिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो। यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ। मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा छायाँनाथ मन्दिर परिसरमा

विशेष पूजाआजा गरी यात्रा आरम्भगरिएको हो। धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका-१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ। यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौं श्रद्धालु दर्शन गर्न आउने गर्दछन् ।

सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पुऱ्याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए । शिवजीको मूर्ति (गाथ) सहित पूजा गर्ने परम्परा सदियौंदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका

रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए। उनका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गरेका थिए।

हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ ।

यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् । छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृहरुको मोक्क्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देउताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देउतासहित पुग्ने गर्दछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *