तिला गाउँपालिकाका वडाध्यक्षमाथि चक्कु प्रहार : एक जना पक्राउ, दुई फरार

गोल्डेन बुढा

जुम्ला,१९ जेष्ठ ।

जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि आइतबार सामूहिक चक्कु प्रहार भएको छ। विकास आयोजनाको अनुगमन सकेर घर फर्किंदै गर्दा तिला–४ मा उनीमाथि आक्रमण गरिएको हो।

४२ वर्षीय अध्यक्ष शाहीका अनुसार, उनीमाथि कुनै व्यक्तिगत विवाद नरहेको अवस्थामा अचानक चक्कु प्रहार गरिएको हो। “घर फर्किंदै थियौं, एक्कासि चक्कु प्रहार भयो,” उनले भने, “उनीहरूसँग कुनै विवाद थिएन। अब कानुनी प्रक्रिया अघि बढाउनुको विकल्प छैन।”

उनले तिला–३ का लक्की बुढा, तिला–४ का सुधन शाही र सुशील शाहीलाई आक्रमणमा संलग्न रहेको आरोप लगाएका छन्। आक्रमणबाट अध्यक्ष शाहीको शरीरको पछाडि भागमा गम्भीर चोट लागेको छ र उनको शरीरमा १७ वटा टाँका लगाइएको छ।

हाल उनको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले पीडितको उजुरीका आधारमा एकजनालाई जुम्लाको बसपार्कबाट पक्राउ गरिएको जानकारी दिए। बाँकी दुई आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सोही गाउँपालिकाका तिला–३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुंगा प्रहार भएको छ। ३८ वर्षीय शाहीका अनुसार हेल्मेट लगाएका कारण आफू सकुशल रहेका छन्। “उनीहरूको नियत ज्यान मार्ने नै देखिन्थ्यो,” अध्यक्ष शाहीले भने।

घटनापछि गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा उपचारस्थलमा पुगेर घाइते वडाध्यक्षको अवस्था बुझेका छन्। उनीहरूले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीका अनुसार, घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दर्ता गरिएको छ। प्रहरीको अनुसन्धान जारी छ।

तिला गाउँपालिकाका वडाध्यक्षमाथि चक्कु प्रहार : एक जना पक्राउ, दुई फरार

सांसदसँग संवाद : नेताले भ्रष्टाचार गर्दैनन् भन्ने

तिला गाउँपालिकाका वडाध्यक्षमाथि चक्कु प्रहार : एक जना पक्राउ, दुई फरार

रोजगारमैत्री नीति बनाउन कोहलपुर नगरपालिकाको पहल

Leave a comment

Your email address will not be published. Required fields are marked *