२० वर्षमुनिको साफ च्याम्पियनशिप : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता


२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको जितमा खेलको १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे । बङ्गलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

यो जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भोलि समूह ’बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

धार्मिक पर्यटनले गाउँ र सहरलाई जोड्दै

२० वर्षमुनिको साफ च्याम्पियनशिप : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट