नलगाड नगरपालिकाको उपमेयरमा ४ जनाको मनोनयन दर्ता


जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् ।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार दिउँसोसम्म नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार काँग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, रास्वपाबाट पार्वती पुन र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताको समय अपराह्न ५ बजेसम्म तोकिएको हो ।

२०७९ को निर्वाचनमा काँग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत १७ कात्तिक २०८० मा गएको भूकम्पमा परी मृत्यु भएको थियो ।

नलगाड नगरपालिकाको उपमेयरमा ४ जनाको मनोनयन दर्ता

साताको पहिलो दिन शेयर बजारमा ११ अर्ब

नलगाड नगरपालिकाको उपमेयरमा ४ जनाको मनोनयन दर्ता

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न