प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० माथी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राहत शिक्षक जिल्ला समिति सुर्खेतको आयोजनामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिका क्षेत्रमा देखिएका समस्या, अन्यौलता समाधानका लागि ल्याइएको विधेयकमा भएका केही कमि कमजोरीलाई सुधार गर्न सबै क्षेत्रका सुझावहरु महत्वपूर्ण हुने बताए ।
नेपाल राहत शिक्षक जिल्ला समिति सुर्खेतका अध्यक्ष कृष्ण कुमार चपाइको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना समिति सदस्य दिपा शर्माले महत्वपूर्ण भनाई रोखका थिए ।
साथै बरिष्ठ सहअध्यक्ष बिरेन्द्र मल्ल, महसचिव डम्मर राई लगायत १०० भन्दा कर्णाली प्रदेशका राहत शिक्षकहरुको उपस्थितिमा सम्म्पन भएको थियो । कार्यक्रम प्रेम दहालले सञ्चालन गरेका थिए उक्त कार्यक्रममा नेपाल सरकार र नेपाल राहत शिक्षकबीच भएका सम्झौताहरुलाई समबेश गरी उमेरको प्राव्धान हटाउन, बिरामी बिदाको संचितिको ब्यबस्थासहित यथाशीघ्र शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण पत्र पेश गरियो थियो । साेही अवसरमा दशैँ तथा तिहारका अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम समेत गरिएकाे थियाे ।
युग संवाददाता । सुर्खेत । २४ आश्विन २०८१, बिहीबार १३:०४