छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो


कर्णालीको प्रसिद्ध छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरु भएको छ ।
सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ ऋणमोक्ष मन्दिरमा घटस्थापनाका दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी आश्विनी कुमार हमालले बताए । मन्दिरमा लिंगो फेरिएसँगै स्थानीयले घरघरमा जमरा राखेर दसैं सुरु हुने उनको भनाई छ ।

छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब

छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

दसैँका लागि सल्यानबाट ६ करोडका खसीबोका निकासी