टिकाराम ढकालको दसैँ गित ‘ख्यालै ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक


सुर्खेतका टिकाराम ढकालको दसैँ गित ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक भएको छ । हाल बैदेशिक रोजगार बोर्डका निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत ढकालको सिर्जनामा उक्त गित सार्वजनिक भएको हो ।

गितमा टिकाराम ढकालको शव्द,नेपाल आइडलका विजेता करण पिरियारको स्वर रहेको गितमा विपि वाग्लेको संगित रहेको छ । घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको दशैतिहारमा हुने पिडाको कथा समावेश गरिएको छ ।

गितमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाल लगायत कलाकारको अभिनय छ । उक्त ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

टिकाराम ढकालको दसैँ गित ‘ख्यालै ख्यालैमा भैयो बन्धकी’ सार्वजनिक

YUGAAWHAN NATIONAL DAILY (2081-06-19)