४० लाखको सोलार, टर्च बालेर पूजा

जुम्ला,१२ फागुन ।

 कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा हरेक दिन बिहान २ बजेदेखि चहलपहल सुरु हुन्छ । पुजारी रमेश न्यौपानेले बिहान ३ बजेदेखि नित्य पूजा सुरु गर्छन् । तर सधैं अँध्यारोमा पूजा गर्नुपर्ने बाध्यतबाट उनी आजित छन् । आठ महिनादेखि अँध्यारोमै पूजा चलाइरहेको छु, मोबाइलमा चार्ज हुँदा मोबाइलको टर्च बाल्छु,’ उनले भने, ‘चार्ज गर्न सकिएन भने मन्दिरमा बालिएको दियोकै भरमा नित्य पूजा हुन्छ ।’

उनले सन्ध्या पूजा पनि अँध्यारोमै गरिरहेको गुनासो गरे । जेठमा ४० लाख रुपैयाँको बजेटबाट छतमा सौर्य ऊर्जा जडान गरिएको छ । तर पनि मन्दिरभित्र अँध्यारोमै पूजा गर्नुपर्ने बाध्यता छ । ‘मन्दिरमा हजारौं धर्मावलम्बीहरू उज्यालो भविष्यको कामना गर्दै पूजा आराधना गर्छन्,’ उनले भने, ‘तर मन्दिर भने लामो समयदेखि अँध्यारै छ ।’

गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सौर्य ऊर्जा जडान गरेको हो । तर गुणस्तरहीन उपकरण ल्याइएपछि सौर्य ऊर्जा अझैसम्म पनि बलेको छैन । मन्दिरमा राष्ट्रिय प्रसारण लाइन जोडिएको भए पनि दिउँसो मात्रै बिजुली आउने गरेकाले सास्ती पाइएको उनले बताए ।

उनका अनुसार मन्दिरले मासिक झन्डै ३ हजार मासिक महसुल तिर्दै आइरहेको छ । ‘चाहिएको बेला कहिल्यै बत्ती हुँदैन,’ उनले भने, ‘दिउँसो मात्र आउने बत्तीको हामीलाई के काम ?’

कान्तिपुर 

४० लाखको सोलार, टर्च बालेर पूजा

अखिल नेपाल किसान महासंघ अध्यक्षमा, पुन :

४० लाखको सोलार, टर्च बालेर पूजा

रासायनिक मलको कालोबजारी

Leave a comment

Your email address will not be published. Required fields are marked *