गुर्भाकोटमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुदै

दिलिप ढकाल

सुर्खेत ,११ फागुन ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुने भएको छ। विकलाङ्ग मित्र समूह,अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र काभ्रे र गुर्भाकोट नगरपालिकाको आयोजना तथा अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेत तथा साईनिङ्ग अस्पताल आई एन एफ पहुच तथा समाबेशी परियोजना सुर्खेतको समन्वयमा हुन लागेकाे हाे ।

फागुन १८ गते शारीरिक अपांगता परिक्षण घुम्ती शिविर संचालन हुन लागेको गुर्भाकोट नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार पुरीले जानकारी दिए ।

१८ बर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण एवंम अपांगता पहिचानको लागी स्वास्थ्य तथा पनस्थापना घुम्ती शिविर संचान हुन लागेको हो। यहि फागुन १८ गते बिहान ९ बजे देखि दिउसो २ बजे सम्म मेहेलकुना अस्पतालमा घुम्ती शिविर संचालन हुने छ।

गुर्भाकोटमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुदै

बनगाडमा दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको

गुर्भाकोटमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन हुदै

सञ्चालनमा नआउँदै बिग्रियो रारा तालको मोटरबोट

Leave a comment

Your email address will not be published. Required fields are marked *