बनगाडमा दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन

दुर्गा विसि

सल्यान,११ फागुन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको आज उद्घाटन गरिएको छ । भुमि कृषि तथा सहकारी मन्त्रि भिम प्रकाश शर्माले विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै राष्ट्रको सर्वाङीण विकासका लागि खेलकुद महत्त्वपूर्ण रहेको जनाए ।

दक्ष जनशक्ति उत्पादनसँग सँगै राम्रो खेलाडि उत्पादन गर्ने विद्यालयहरुका कलिला बालबालिकाहरु नै पहिलो आधार भएको जनाएको छ । ।प्रभाकर माविको देवस्थल प्राङ्गणमा ३ दिन सम्म विभिन्न खेलहरु सञ्चालन हुने नगर शिक्षाकि धुर्वा थापाले जानकारी दिए  ।

उक्त शिल्डमा ८ विद्यालय सहभागी रहेका छन भने दुई विद्यालयले विद्यार्थी सहभागी नभएको जनाएको छ ।यसपटक भने बनगाड कुपिण्डे नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने विद्यालयहरुलाइ आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीको खाना खर्च स्वरुप विद्यालयको खातामा ४० हजार रुपैया दिने समेत निर्णय भएको नगर प्रमुख कर्णवहादुर वुढाथोकिले जानकारी दिए  ।६ वर्षमा यो सहित दोस्रो पटक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुदै छ ।उद्घाटन कार्यक्रम नगरका सम्पूर्ण जनप्रतिनिधि,शाखा प्रमुख,विद्यालयका प्रधानाध्यापक,दलिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

भेरी पम्पिङ आयोजना बजेट परेको पर्यै, मिति

बनगाडमा दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन

गुर्भाकोटमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर संचालन

Leave a comment

Your email address will not be published. Required fields are marked *