एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति : सचिव भट्टराई

जाजरकोट, १० फागुन।

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ। प्रेस चौतारी नेपाल जाजरकोटले बुधबार खलङ्गामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताए ।

केही नेताले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उहाँले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधानमन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताए ।

उनले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुङ्गिएको बताए ।  राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यबाटै मतदान गर्ने भएकाले पनि नाम टुङ्ग्याउन हतार नगरेको नेता भट्टराईको भनाइ छ। माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धारणाबारे पत्रकारको जिज्ञासामा नेता भट्टराईले एमालेले अघि सारेको अवस्थामा जुनसुकै व्यक्ति निर्वाचित हुने दाबी गरे ।

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति :  सचिव भट्टराई

नेशनल  लाईफकाे स्थापना दिवसमा  प्रशान्ति वृद्धाश्रममा भाेजन 

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति :  सचिव भट्टराई

YUGAAWHAN NATIONAL DAILY (2079-11-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *