दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै
काठमाडौँ,६ फाल्गुन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग आज शनिबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ।
बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ। पहिलो खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको थियो।





