सन्दीप लामिछानेले लिए तीन विकेट

काठमाडौं,५ फागुन ।

सन्दीप लामिछानेको तीन विकेटप्रेरित नेपालले विश्वकप क्रिकेट लिग – २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई ३० ओभरसम्म शान्त राखेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ३० ओभर सकिँदा ६ विकेट गुमाएर एक सय २८ रन बनाएको छ। स्टकल्यान्डले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरे पनि ठूलो साझेदारी बनाउन संघर्षरत छ।

स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची बेरिङटन १९ रन बनाएर आउट भएका छन्। यस्तै, टोमस म्याकिन्टोस १९ तथा विकेटकिपर ब्याटर दुई रन बनाएर आउट भएका छन्। त्यसबाहेक ब्रान्डोन म्याकमुलेनले २२ तथा क्रिस ग्रिएभ्सले १६ रन बनाएका छन्। अहिले क्रिजमा माइकल लिस्क ९ तथा ज्याक हार्भिस सात रन बनाएर खेलिरहेका छन्।

नेपालका लागि सन्दीपले आठ ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिएका छन्। कुशल मल्ले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन्।शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनिसकेको छ।

अन्नपुर्ण 

सन्दीप लामिछानेले लिए तीन विकेट

फुर्सदिलो कर्णाली प्रदेशसभा :  सरकारले दिन सकेन

सन्दीप लामिछानेले लिए तीन विकेट

YUGAAWHAN NATIONAL DAILY (2079-11-05)

Leave a comment

Your email address will not be published. Required fields are marked *