सामाजिक न्यायमा दलित महिलाको पहुँच कम

सुर्खेत,५  फागुन ।

भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले सामाजिक न्यायमा दलित महिलाको पहुँच निकै कम भएको बताएकि छन  । राज्यमन्त्री विश्वकर्माले दलित महिला सङ्घ सुर्खेतद्वारा बिहीबार आयोजित ‘सामाजिक न्यायमा दलित महिलाको अभिवृद्धि’ विषयक अन्तत्र्रियामा न्यायमा महिला एवं दलित महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिइन ।

उनले एक्लाएक्लै हिँडेर सामाजिक न्यायमा पहुँच स्थापित गर्न नसकिने भएकाले सामूहिक प्रयास आवश्यक भएको बताए  । उनले नेपाली समाजमा दलित महिला मात्र होइन, अन्य महिलाको अवस्था पनि कमजोर रहेको हुँदा उनीहरूलाई हरेक निकायमा बराबरी सहभागिताको आवश्यकता रहेको बताइन  ।

कर्णाली प्रदेश सभा सदस्य गमता विकले विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सामाजिक न्याय पुग्न नसकेको टिप्पणी गरिन । समाजमा अझै पनि विभेद, असमानता कायमै रहेको हुँदा प्रदेश सभामा त्यसविरुद्ध आवाज उठाउने उनको भनाइ छ । कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, बलिमाया बुढाले पनि सामाजिक न्यायको पहुँचको कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउन सुझाव दिइन  ।

दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सचिव नारायण विकले कर्णालीमा २९ प्रतिशत जनसङ्ख्या दलित समुदायका रहेकाले बजेट पनि जातीय प्रतिनिधित्वका आधारमा विनियोजन हुनुपर्नेमा जोड दिए । दलित महिला सङ्घका संस्थापक अध्यक्ष दुर्गा सोबले राज्यका हरेक निकायमा दलितको प्रतिनिधित्व घट्दै गएकोमा चिन्ता व्यक्त गरिन  ।

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला तथा दलित महिलाको अवस्था नाजुक भएको चर्चा गरिन । दलित महिला सङ्घ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले सुर्खेतमा दलित महिलाको सामाजिक न्यायमा पहुँच कम भएको बताइन । आर्थिक, सामाजिक, शारीरिक समस्याले गर्दा न्यायमा दलित महिलाको पहुँच पुग्न नसकेको उनको भनाइ छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, आशा सञ्जालका अध्यक्ष गीता बोहोरालगायतले दलित र दलित महिलाका समस्या मिलापत्रमै टुङ्गिने गरेको, आर्थिक अभावले कानुनी उपचार पाउन नसकेको बताएका थिए ।

सामाजिक न्यायमा दलित महिलाको पहुँच कम

कर्णाली उत्सव’आजदेखि

सामाजिक न्यायमा दलित महिलाको पहुँच कम

ग्यास लिक भई आगलागी :  आमाको निधन,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!