यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन

काठमाडौं,३ माघ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन्। बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।

गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन्। राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्।

 

यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन

रोलर सहितको सडक ग्राभेल गर्दै भेरिगंगा नगरपालिका

यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन

नयाँ काम गर्नुअघि पितृ र देवी देवतालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!