नयाँ काम गर्नुअघि पितृ र देवी देवतालाई सम्झने परम्पराअनुसार पशुपतिनाथ गयौँः उपप्रधानमन्त्री लिङ्देन

काठमाडौं,३ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका छन्। उनले उपप्रधानमन्त्री र उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

लिङ्देनको नेतृत्वमा राप्रपाका नेता विक्रम पाण्डेले शहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानून, न्याय तथा संसदीय मामिला मन्त्री र दिपकबहादुर सिंह उर्जा, जलस्रोत तथा सिचाँइ राज्यमन्त्री बनेका छन्।

राप्रपाबाट मन्त्री तथा राज्यमन्त्री बनेका नेताले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा केही राप्रपाका नेता पशुपतिनाथ मन्दिर पुगेका हुन्।

नयाँ काम गर्नुअघि पितृ र देवी देवतालाई सम्झने परम्परा भएकाले आफूहरू पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएको उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले बताए।

मन्त्रालयमा पदभार ग्रहण गर्दै लिङ्देनले भने, ’हामी हिन्दू सनानतन धर्मावलम्बी हौँ। कुनै पनि नयाँ काम गर्नु अघि पितृ, देवीदेवतालाई सम्मने परम्परा छ। सोही परम्परा अनुसार हामीले शपथग्रहणपछि हिन्दूहरूका आराध्यादेव पशुपतिनाथको दर्शन गरेका हौँ।’

अन्नपुर्ण 

नयाँ काम गर्नुअघि पितृ र देवी देवतालाई सम्झने परम्पराअनुसार पशुपतिनाथ गयौँः उपप्रधानमन्त्री लिङ्देन

यस्तो छ मन्त्रीहरूको वरीयता र कार्यविभाजन

नयाँ काम गर्नुअघि पितृ र देवी देवतालाई सम्झने परम्पराअनुसार पशुपतिनाथ गयौँः उपप्रधानमन्त्री लिङ्देन

जाजरकोटमा औषधि नपाउँदा बिरामी समस्यामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!