रोलर सहितको सडक ग्राभेल गर्दै भेरिगंगा नगरपालिका

दिलिप ढकाल
सुर्खेत,३ माघ ।
पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकाले प्रदेशमै पहिलो पटक रोलर सहितको सडक ग्राभेलको लागि कोटेसन आह्वान गरेको छ। भेरिगंगा नगरपालिका वडा नम्बर १० को वडा समिति बाट निर्णय गराएर नगरमा शिफारिस गरिएको र नगरपालिकाले कोटेसन आह्वान गरेको हो।

वडामा भएको केहि बजेट र नगरपालिकाको सहयोगमा करिब १९ लाख बराबरको रकम बाट सो काम गर्न लागिएको भेरिगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जानकारी दिए । यहा भन्दा अघिल्ला बर्षमा समिति बनाएर काम गर्दा त्यति प्रभावकारी नभएकाले यो वर्ष रोलर सहितको ग्राभेल गर्ने प्रक्रिया अगाडी बढाईएको उनको भनाई छ।
ग्राभेल गरि रोलार ले बाटो बनाउन धेरै समय कुर्नु पर्दा सडकको ढुंगा गिट्टी छेउ तिरको खेतबारीमा जाने र घर,बिद्यालय वा अफिस जादा आउदा पनि असहज हुने तथा आधा बाटोमै सवारी साधन रोक्नु पर्ने अबस्थालाई मध्यनजर गर्दै वडा भित्रका भित्रि बाटोको ग्राभेलको लागि कार्यालयले यस्तो कामको थालनी गरेको अध्यक्ष बस्नेको भनाई छ।
नगरपालिकाका अन्य वडा तथा पालिकाले समेत बजेटको आधारमा तथा भौगोलिक अबस्थालाई मध्यनजर गरि यस्तो प्रक्रिया अगाडी बढाउन सके विकास दिगो हुने उनको भनाई छ।






