१८ जना विद्यार्थीलाई छात्रवृति प्रदान

सुर्खेत ।
विशेष आवश्यकता शिक्षा अध्यनरत १८ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहको उपस्थितीमा मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशन अन्तर्गत विशेष आवश्यकता शिक्षा (बि.एड.) दोस्रो व्याचमा अध्यनरत विद्यार्थीहरुलाई र्नोहेड परियोजनाको सहयोगमा प्रति विद्यार्थी ४० हजार गरी जम्मा सात लाख २० हजार छात्रवृति रकम प्रदान गरिएको छ ।
छात्रवृति प्रदान कार्यक्रममा उपकुलपति प्रा.डा. सिंहले छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिनुका साथै प्राप्त छात्रवृति रकमको सही सदुपयोग गर्न सुझाव दिए । छात्रवृत्ति वितरण कार्यक्रममा विशेष आवश्यकता शिक्षा विभागका विभागीय प्रमुख उप–प्राध्यापक प्रतिभा खड्का, ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्राध्यापक यमबहादुर कार्की, प्राचार्य जसविर रोका, विभागीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।







