एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै

सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि शनिवार प्रतिनिधि छनोट गर्ने भएको छ ।
आगामी असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्न लागिएको हो ।

प्रदेश अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट पाच सय ५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६ सय चार जना प्रतिनिधि छनोट भएर आउने एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिए ।

‘प्रतिनिधि छनोट हुँदा एक सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि आउने मापदण्ड तय गरिएको छ । दलित सदस्यको हकमा ७५ जना बराबर एक जना प्रतिनिधि छनोट हुने छन्,’ गौतमले भने, ‘३३ प्रतिशत महिला अनिवार्य र १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’
कर्णालीमा एमालेका ५१ हजार नौ सय ९८ जना सङ्गठित सदस्य रहेका छन् ।

प्रदेश कमिटीमा रहेको वर्तमान पदाधिकारीहरू पनि प्रतिनिधि बन्न पालिकामै जानुपर्ने व्यवस्था गरिएको छ ।
प्रदेशभरबाट खुल्ला महिलातर्फबाट एक सय ४३, पुरुषतर्फ दुई सय ९७, दलित महिलातर्फबाट ३७ जना र दलित पुरुषबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन् ।

पार्टीका २२ वटा जनवर्गीय सङ्गठनहरू मध्ये २१ वटा सङ्गठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशनसमेत दिइसकेको छ । आठ वटा जनवर्गीय सङ्गठनले तीन-तीन जना र १३ वटा सङ्गठनले दुई-दुई जना प्रतिनिधि चयन गर्न पाउने छन् ।
सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार पाच सय ५८ जना पार्टी सदस्य रहेका सुर्खेतबाट एक सय १२ जना प्रतिनिधि छनोट हुने गौतमले बताए ।

तीन हजार पाच सय ८८ पार्टी सदस्य रहेको सल्यानबाट ३८ जना प्रतिनिधि छनोट हुनेछन् । ६ हजार एक सय ३ पार्टी सदस्य रहेको कालीकोटबाट ६५ जना, ६ हजार ६ सय ५३ सङ्गठित सदस्य रहेको दैलेखबाट ७५ जना र दुई हजार एक सय ७० सङ्गठित सदस्य रहेको रुकुमपश्चिबाट २३ जना प्रतिनिधि छनोट हुनेछन् ।

त्यस्तै तीन हजार ३१ जना सङ्गठित सदस्य रहेको मुगुबाट ३२ जना, चार हजार ६ सय ६५ जना सङ्गठित सदस्य रहेको हुम्लाबाट ४८ जना र ६ हजार आठ सय २ पार्टी सदस्य रहेको जाजरकोटबाट ७३ जना प्रतिनिधि चयन हुनेछन् ।
तीन हजार आठ सय ३६ जना सङ्गठित सदस्य रहेको डोल्पाबाट ३९ जना, चार हजार पाच सय ९२ जना सङ्गठित सदस्य संख्या रहेको जुम्लाबाट ४८ जना प्रतिनिधि चयन हुनेछन् ।

एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै

घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको

एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै

१८ जना विद्यार्थीलाई छात्रवृति प्रदान