वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘कर्णाली उत्सव : कुडा कर्णालीका’

सुर्खेत,४ फागुन ।
कर्णालीको सुर्खेतमा ३ वर्षअघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव कुडा कर्णालीकाको चौथो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
कुडा कर्णालीका कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा रहेको आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए । उनका अनुसार उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा १६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् भने पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुने बताइएको छ ।






