जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत,२ माघ ।
जुम्लामा जीप दुर्घटनामा परेको छ। सोमबार दिउँसो करिब ४ बजेको समयमा जीप दुर्घटनामा परेको हो। जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाकमा प्रहरी निरिक्षक यमबहादुर बुढा मगरले जीप दुर्घटनमा हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। उनले भने, ‘जीपमा सवार १६ जना रहेछन्। एक जनाको मृत्यु भईसकेको छ। भने १४ जना घाइते भएका छन्।
उनिहरुको उद्वार गरेर उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानतर्र्फ पठाइएइको छ।’ प्रहरीका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामा रहेकी छन्।






