संघर्ष र सफलता : दैनिक दुई सय कप चिया बेच्ने ‘नवराज’

सिर्जना बुढाथोकी

सुर्खेत,२ माघ ।

दैलेख जिल्लाको सदरमुकामको हाईस्कुलको आडैमा “उहि तपाईको कटुवाल चिया नास्ता पसल” नाम गरेको होटलमा जम्मा १५ रुपैयाँ मीठो दूधचिया खान पाइन्छ । सबै ठाँउ अहिले चियाको मूल्य २५ पुगिसक्यो तर यहाँ १५ मै पाइन्छ । दैलेखका नवराज कटुवालले यो होटल चलाई रहेका छन् । यो

विद्यालयको क्यान्टिन हो । उनको नास्ता पसलमा एकाविहानै चिया, समोसा, डोनट, छोला अनि परौठा पाक्छ । उनलाई चिया पकाएर फुर्सद मिल्दैन भने उनकी श्रीमती र छोरा, दाईको छोराहरुले पनि बाँकी काममा सघाइरहेका हुन्छन् । अहिले दैनिक उनले दुई सय कपसम्म चिया बेच्छन् ।

उनको नास्ता पसलमा बीसदेखिबाइस कुरुवासम्मको दूधको चिया विक्रि हुन्छ । उनले भारतमा बस्दा जति कमाउँथे अहिले आफ्नै ठाउँमा बसेर त्यतिसम्मकमाई बचाइ रहेका छन् । उनले भविष्यको कल्पना गर्दै व्यापार शुरु गरेदेखि नै बचत गर्ने बानीको शुरुवात गरेको बताउँछन् ।

बाल्यकालः

दैलेख जिल्लाको नारायण नगरपालिका–३ कालिमाटीमा जन्मिएको म अहिले ४३ वर्षको भएँ । मेरो परिवारमा बुवाआमा, चार भाई अनि दुई बहिनी थिइम् । उनीहरुमध्येको माईलो छोराको रुपमा मेरो जन्मभएको हो । मेरो बुवाको जागिर कुनैपनि किसिमको आम्दानीको स्रोत थिएन ।

हाम्रो घर चलाउनका लागि खेतीपाती नै हाम्रो मुख्य पेशा थियो । सानो हुँदा बुवाआमासंगै हामी सबै दाजुभाई अनि दिदीबहिनीले खेतीपातीमा सघाउने काम गरिन्थ्यो । पढ्ने भनेको फुर्सद अनि रातीको समयमा मात्रै पाइन्थ्यो ।

गाईवस्तु हुन्थे कोहि गोठालो जाने, कोहि घाँस काट्न जाने, मल बोक्ने, खेतबारीमा खन जोत गर्न सघाउने र घट्ट, मिल, पानी ओसार्ने जस्ता हरेक काममा सघाउने जस्ता काम हाम्रो हुन्थ्यो । मैले कक्षा ९ सम्ममात्रै पढेको छु । गाउँले परिवेशमा र निम्नवर्गीय परिवारमा जन्मिएकाले पनि मलाई पढाई भन्दापनि घर व्यवहार चलाउन अनि बुवाआमाको दुःखमा मलमलगाउन पैसा कमाउनु पर्ने मुख्य चुनौती थियो ।

मलाई जन्मदिइसके पछि मेरो पनि परिवारप्रति केहि दायित्व पक्कै हुन्छ । मेरो परिवारमा अहिले श्रीमती र एउटा छोरा मात्रै छन् । मेरो छोरा अहिले कक्षा १२ मा पढ्दै छ । मेरो विवाह भएको अहिले २० वर्ष भयो मेरो छोरा १८ वर्षको भयो । मेरी श्रीमती पुष्पा कटुवालले मलाई हरेक काममा सघाइरहेकी छिन् । दुई वर्षदेखि यो होटेल हामी परिवार मिलेर चलाई रहेका छौ ।भाई बहिनीहरु प्निआफ्नो लाईनमालागि सके ।

विवाह पछि मेरो परिवार पनिबनिसक्यो । म छोरा भएको नाताले आमाबुवालाई रेखदेख, औषधी उपचार, हेरचाह त मेरो जिम्मा हो तर भाईबहिनीहरुको लागिपनि म जिम्मेवार व्यक्ति भएकाले मेरोमाथि पूरै परिवारको आशा छ । त्यसैको लागि संघर्ष गरिरहेको छु । तर मलाई मेरो व्यवसायले सन्तुष्टि दिएको छ ।

संघर्षका दिन

पढाई भन्दापनि मलाई अब घर चलाउनका लागि पैसा कमाउनुपर्छ भन्ने सोच आयो र गाउँघरको मुख्य रोजगारीको स्रोत अनि केन्द्रविन्दू भारततर्फ म लागे । घरबाट पहिलो पटक बाहिर निस्किन लागेको म सानै उमेरको युवा, मेरो शिरमा घर चलाउँदा बुवालाई लागेको ऋण, आमा बिरामी हुँदा लागेको ऋण र भाईबहिनी पढ्दै गर्दा लागेको अनि कमाईकै लागि मलाई भारत पठाउन बुवाले साहुसंग काढेको ऋण थियो । अनि म साथीहरुसंग भारतको दिल्ली पुगे ।

सबैभन्दा शुरुमा मैले भाँडा माभ्mने कामबाट काम शुरु गरे । अर्काको देशमा मलाई कसैले चिन्दैन मैले गलत काम गर्नु हुँदैन बाँकी जस्तो कामपनि गर्न सकिन्छ, मैले लाज मान्नु हुँदैन भन्ने सोच बनाएर काम गरे । काम गर्दै जाँदा भारतका धेरै ठाउँमा घुमेको छु म । जस्तैः दिल्ली, गुजरात अनि पञ्जाब र सिम्ला । यसरी नै मैले वर्ष, दुई वर्षमा घर जाने र फर्किने गरेर भारतमा आफ्नो जीवनको बाह्र वर्ष कटाएको छु ।

यो क्रममा मैले भान्साको काम, विभिन्न देशका परिकार र भारत तथा नेपालको लागि आवश्यक खानाखाजाको सबै काम सिकिसकेको थिएँ । बुवाआमाले पनि पछि पछि अब धेरै अर्काको ठाउँमा नबस् घरतिर आइज अनि बरु उता सिकेको काम यतै गर अब भन्न थालेपछि म आफ्नै ठाउँमा फर्किएँ ।

व्यवसायले दिएको खुशीः

यसरी होटल लाइनको हरेक काम सिकेर म आफ्नो जन्म ठाउँ फर्किएर दैलेख बजारकै होटेलमा काम गर्दै गएँ । त्यो समय मैले विवाह गरिसकेको थिए र मेरो छोराको पनिजन्म भैसकेको थियो । परिवारका सदस्यदेखि श्रीमान र छोराको समतेको सबै जिम्मेवारी पुर्याउनका लागि मलाई अर्काकोमा काम गरेर पुग्ने जस्तो नलागेपछि मैले आफैले केहि व्यवासय गर्ने योजना बनाएँ ।

तर मसंग राम्रै व्यवसाय गर्नका लागि पैसाको समस्या भयो । हामीले सानै नास्तापसल खोल्यौ । चिया, नास्ताहरु बनाउन थाल्यौ । चल्न त चल्ने तर गाँउमा अनि आफ्नो ठाउँमा भएपछि उधारो भन्ने शब्दले अगाडि बढ्न दिंदो रहेनछ । त्यसपछि आफ्नो सानो व्यवसाय राम्रो चलेन र बन्द गरे ।

त्यसपछि फेरि खुद्रा पसल खोल्ने योजनाका साथ चाउचाउ, विस्कुट अनि चकलेट जस्ता सामान राखेर खुद्रा पसल खोले । त्यो व्यवसायपनि केहि समयका लागि मात्रै भयो । हामी होटल व्यवसाय गरेका मान्छे थोरैतिना भएपनि पैसा भैरहने, खुद्रापसल त चल्नपनि मुश्किल विक्री भएपनि थोरै फाइदा ।

दुःख धेरै आम्दानी कम भएको देखेर यसमापनि रुचि भएन र फेरि त्यो पसलपनि छोडेर होटलनै खोल्ने योजना बनाएको थिएँ । संयोगले दैलेख बजारकै हाईस्कुलको क्यान्टिन चलाउने अवसर मिल्यो । विद्यालयमा आउने अधिकांश विद्यार्थी, विद्यालयका शिक्षक, छिमेकी र बाटोमा आवतजावत गर्ने जो कोहि पनि अहिले चियानास्ता खान मेरैमा आउने गर्छन् ।

म र श्रीमतीले मात्रै खाजानास्ता खुवाउन नभ्याउने भएर उनका छोरा, भतिज (दाईका छोरा) र अंकलको छोराले पनि सघाउन आउने गर्छन् । मेरो पसलमा अहिले सबैभन्दा धेरै विक्रिहुने भनेको समोसा, चिया अनि चाउमिन हुन्छ । मलाई यहि पेशाले खुशी दिएको छ । परिवारबाट छुट्टिनु परेको छैन, खुशी साथ परिवार संगै बसेर काम गरिरहेको छु । छोरा पढाउन, घर व्यवहार चलाउन र आवश्यकता परिपूर्ति गर्दै आफ्नो खुशीको पेशा गर्न पाउँदा मेरो परिवारनै खुशी भएको छ ।

संघर्ष र सफलता :  दैनिक दुई सय कप चिया बेच्ने ‘नवराज’

विद्यालय व्यवस्थापन समितिमा एकलौटी

संघर्ष र सफलता :  दैनिक दुई सय कप चिया बेच्ने ‘नवराज’

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *