उच्चस्तरीय समितिले टुंग्यायो सरकारको भागबन्डा, कसको भागमा कति?

काठमाडौं,२ माघ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार दलहरूबीच सरकारको भागबन्डा टुंग्याएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। गठबन्धन दलहरूबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच घन्टा लामो बैठकले नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३–३ मन्त्री र एक–एक राज्यमन्त्री दिने सहमति गरेको हो। त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउने भएको छ।

यही सहमतिका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी उनको सचिवालयले दिएको छ। गृहमन्त्री रवि लामिछानेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताएका छन्।

’भोलि १ बजे मन्त्रीहरूको शपथ छ। हामीले राष्ट्रपति कार्यालयमा जानकारी पठाइसकेका छौं,’ उनले भने, ’त्यसअघि केही हेरफेर हुनसक्छ।’ प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार बिहान बालकोटमा भएको छलफलपछि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बसेको थियो। एमाले अध्यक्ष ओली समितिका संयोजक छन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने उच्चस्तरीय समितिको बैठकमा कसले कति मन्त्रालय लिने भन्नेजस्ता विषय छलफल गरिने बताएका थिए। यसअघि प्रधानमन्त्री दाहालले पनि छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने प्रतिक्रिया दिएका थिए। मंगलबार नै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने सबै दलका शीर्ष नेताहरूको बैठक पनि बस्ने भएको छ।

सेताेपाटी 

उच्चस्तरीय समितिले टुंग्यायो सरकारको भागबन्डा, कसको भागमा कति?

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

उच्चस्तरीय समितिले टुंग्यायो सरकारको भागबन्डा, कसको भागमा कति?

पोखरामा जहाज दुर्घटनाः सनाखत नभएका शव आज

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!