सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनामा बृहत आँखा शिविर सन्चाल हुने

दिलिप ढकाल
सुर्खेत, १९ फाल्गुन ।
पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकामा एक दिने बृहत आँखा शिविर संचालन हुने भएको छ। नेपाल नेत्र ज्योती संघ, एकीकृत आखा तथा कान उपचार कार्यक्रम सुर्खेतको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पताल बिरेन्द्रनगर सुर्खेत र सामुदायिक आँखा उपचार केन्द्र मेहेलाकुनाको प्राबिधिक सहयोगमा बृहत आँखा शिविर संचालन हुने भएको हो।

शिबिर यहि फागुन २० गते संचालन हुनेछ। शिवीरमा आखा चेकजाच का लागी विहान १० वजेदेखि दिउसो २ बजेसम्म नाम दर्ता गर्ने व्यवस्था मिलाईएको र नाम दर्ता शुल्क रु २० लाग्ने तथा चस्मा लिएमा चस्मा बापतको सुल्क लाग्ने सामुदायिक आखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिनुभयो ।

मधुमेह उच्च रक्तचाप भएका रोगीहरु,दृस्टी कम भएका तथा आखामा समस्या भएका सम्पूर्ण सेवा ग्राहीलाई बृहत आखा शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ। सामुदायिक अखा उपचार केन्द्र (सर्जिकल सेन्टर ) मेहेलकुना सुर्खेतको आयोजनामा शिविर संचालन हुन लागेको हो।

दृस्टीपर्दाको जाँच गर्न आखाको औषधी प्रयोग गरि दृष्टिपर्दाको जाँच गरिने भएको हुँदा ४० बर्ष भदा माथिको उमेर समुहका आँखाका सेवा ग्राहिहरुले एकजना सहयोगी साथमा ल्याउनु हुन पनि आग्रह गरिएको छ।

सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनामा बृहत आँखा शिविर सन्चाल हुने

वृहत् आँखा शिविरमा ३ सय २८ जनाले

सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनामा बृहत आँखा शिविर सन्चाल हुने

७८ क्विन्टल फोहोर काठमाडौँ पठाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *