वृहत् आँखा शिविरमा ३ सय २८ जनाले सेवा लिए

दुर्गा विसि
सल्लीबजार, १९ फाल्गुन ।
सल्यान पश्चिममा वृहत् आँखा शिविरबाट ३ सय २८ जना लाभान्वित भएका छन् ।एक दिने आँखा शिविरबाट नगरवासिले भरपुर सेवा लिएको जनाएको छ भने ६२ जना माेतिया विन्दु भएका जेष्ठ नागरिककाे सुर्खेतमा सल्याकृया हुने भएको छ ।शिविरमा छनौट भएका जेष्ठ नागरिककाे लागि बनगाड कुपिण्डे नगरपालिकाले यातायातको व्यवस्थापन गरिदिने समेत जनाएको छ ।

माेतिया विन्दु,रक्तचाप मधुमेह,अल्प दृष्टि लगाएत आँखा सम्बन्धित विविध समस्या उत्पन्न भएका नागरिककाे शिविरमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच गरिएको थियोे ।नेपाल रेडक्रस साेसाइटि देवस्थल उप शाखाको समन्वय,नेपाल नेत्र जाेति संघ सुर्खेत तथा ,रेडक्रस शाखा सुर्खेतकाे संयुक्त प्राविधिक सहयोगमा बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजक रहेको एकदिने वृहत् आँखा शिविर सञ्चालन गरिएको रेडक्रस उप शाखा देवस्थलका सभापति पुष्कर विसिले जानकारी दिनु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले भने आँखा शिविरमा राम्रो सहयोग गरेको पाएकाे छ ।माेतिया विन्दु भएका जेष्ठ नागरिकलाई शल्यक्रियाकाे लागि फाल्गुन २५ गते यातायातको व्यवस्थापन गरि सुर्खेत लैजाने समेत वताएकाे छ ।आँखा शिविर चेकजाँचमा नागरिकले तिर्ने दर्ता शुल्क समेत नगरपालिकाले व्यवस्थापन गरिदिएको जनाएको छ ।कार्यक्रम जर्मन कोप्रेसन सिविएमको आर्थिक सहयोगमा भएको समेत वताएकाे छ ।







