तिजकाे अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा मृत्यु

सुर्खेत,१५ भदाै

तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ। उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्नको खोजी भइरहेको उनले बताए। जिसीलाई अस्पताल पु¥याउने व्यक्तिहरुलाई घटनाका बारेमा सोधपुछ भइरहेको उनले बताए।

सेताेपाटि 

तिजकाे अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा मृत्यु

तीजमा नलगाड ४ कि महिला सम्मानित र

तिजकाे अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा मृत्यु

नवौँ राष्ट्रिय खेलकुद ः चार दशकपछि पोखरामा

Leave a comment

Your email address will not be published. Required fields are marked *