भाडाकै कारण झगडापनि हुन्छ

 सावित्रा उपाध्याय

सुर्खेत १४ साउन ।

साँढे पाँच लाख नगद खन्खन्ति हालेर किनेको अटोमा चढिसकेपछि भाडा तिर्दा किचकिच र झगडासमेत गर्न खोज्ने मान्छेसंग दिक्दार छन् वीरेन्द्रनगर नगरपालिका ११ का पूणर्बहादुर खनेल । अटो किनेर चलाउन लागेको पाँच वर्ष भयो यस अवधिमा पाँच दश रूपैयाँका लागि कन्कन गर्ने अनेकन मान्छे भोगिसकेका छन्  ।

अटो चलाउँदा चलाउँदै कहिलेकाहिं त खाना खाने फुर्सदै समेत पाउँदैनन , उनी  यात्रुको पर्खाईमा बस्दा बस्दै र ओहोरो दोहोरो गर्दा गर्दे दिन बितेको पत्तै हुँदैन । कयौ दिनहरु अटो चलाउदा चलाउदै भौकै पनि बसेका छन् उनी । भोको पेटको पीडा एकातिर हुन्छ झन् यात्रुले त्यहि माथि निहु खोजे भनेत झन रिस उठ्ने गरेको बताउँछन् । वीरेन्द्रनगर उपत्यकाभित्रका सडकहरुमा अटो कुदाउँदै गर्दा कहिल्यै उठेभन्दा बढि रूपैयाँ कसैसंग नलिएको दाबी गर्दै उनले भने म आफैपनि नियमअनुसारकै भाडा मात्र लिन्छु ।

कतिपय यात्रुहरु राम्रो व्यवहार गर्ने पनि हुन्छन् उनी भन्छन् सबै ठाउँमा सबै राम्रा र सबै नराम्रा भन्ने पक्कै हुदैनन् । सबैको कुरा सुन्न र गर्नपनि सकिदैन् । श्रीमती र छोराछोरीसहित चार जनाको परिवार त्यहि तीनपांग्रेको भरमा चलिरहेको छ । मासिक आम्दानी लगभग चालीस हजार हुन्छ । अटोबाट भएको कमाईले घर व्यवहार चलाउने र छोराछोरी पढाउने र बचेको आम्दानी बचत गर्ने गरेका छन् ।

बिना लाइसेन्स मनपरी अटो दाैडाउने चालकहरूको भीडमा पूणर्बहादुर तुलनात्मक शान्त र सुरक्षित स्वभाव छन् । अटो किनेको एक वर्षपछि लाईसेन्ससमेत निकालेपछि आफूपनि ढुक्क छन् आफ्ना यात्रीलाइ पनि ढुक्क हुन आग्रह गर्छन । लाइसेन्स पाइसकेपछिको अवस्थामा कुनै घटना दुर्घटनामा नपरेका उनी ट्रफिक वा चेकजाँच गर्ने अरुकुनै निकायको फन्दामा नपरेको हाँसी हाँसी सुनाउँछन ।

आफूले ट्राफिक नियम र यातायातको नियमहरु पालना गरे कसैले रोक्न नसक्ने र केहि गर्न नसक्ने उनको अनुभव छ । मुख्य सडकहरुभन्दा भित्रको सडकहरुमा ठाँउ हेरि भाँडा लिन्छन् । अटो किनेको पाँच वर्षसम्म उनलाई त्यस्तो नकरात्मक कुनै पनि प्रभाव परेको छैन । उनले अटो चलाउने पेशालाई निरन्तरता दिदै आएका छन् ।

बिहानको उज्यालोसंगै अटो चलाउन सुरु गरेको बेलुका हुँदासम्म चलाइरहन्छन् । अरु कतिपयले लाईसेन्स नहुँदा दुःख भोग्नुपरेको छ । तर उनले लाइसेन्स हुँदा कहि कतै डराउनु पर्ने पिर चिन्ता गर्नुपर्नै त्यस्तो केहि आफूमा नभएको बताउँछन् । अटो चलाउँदा अहिलेसम्म कुनै पनि दुर्घटना भएको छैन र अबको दिनहरुमा पनि त्यस्तो समस्या बाधा, अट्चना नआओस् भन्ने चाहाना उनमा छ ।

रोजगार खोज्न टाढा जानुभन्दा आफ्नै ठाउँमा केहि गरेपछि परिवारसंग रमाउदै काम गर्न मिल्छ । अरु कसैसंग हात जोडेर रोजगारि माग्नु पनि पर्देन । अरुको करकापमा काम गर्न पनि आवश्यक हुदैन । आफुले मन लाग्यो त काम गर्‍यो आराम आवश्यक हुदा आराम गर्‍यो । कसैको दबाबमा बस्नु नपर्ने उनि बताउँछन् । अटो चलाउदा परिवारको साथ सपोट पनि रहेको बताउछन् ।

भाडाकै कारण झगडापनि हुन्छ

तालिम भत्ताकै लोभमा पालिका

भाडाकै कारण झगडापनि हुन्छ

प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *