प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

प्यूठान १४ साउन ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ । त्यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए । रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए ।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ रहेको उद्धारमा खटिएका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

भाडाकै कारण झगडापनि हुन्छ

प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

जनकल्याण साकोसको आयोजनामा भावि सञ्चालकको क्षमता विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!