स्व.रविन्द्र शम्शेर शाहलाई सरकारले शहिद घोषणा

मोहन सिंह
जाजरकोट १४ साउन ।

नेपाली काँग्रेसका यूवा नेता एवं समाजसेवी स्व.रविन्द्र शम्शेर शाहलाई सरकारले शहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले २०७४ साल माघ ३ शहिद घोषणा गरेको हो । २०७३ सालमा जिल्ला अस्पताल नजिकै जाजरकोट– डोल्पा सडकमा ७÷८ जनाको अपरिचत समुहले ढुंगाले हानेर शाहको हत्या गरेको थियो ।

नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका शाह समाजसेवीका नामले समेत चिनिन्थे । पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष समेत थिए । जाजरकोट जिल्ला भेरी नगरपालिका ३ स्थायी ठेगाना भएका शाह जाजरकोटकै आशा लाग्दो यूवा नेता थिए ।

साताकाे रेष्टुरेन्ट : साताभरिको थकान मेटाउने गोरेटो

स्व.रविन्द्र शम्शेर शाहलाई सरकारले शहिद घोषणा

प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!