साताकाे रेष्टुरेन्ट : साताभरिको थकान मेटाउने गोरेटो
सृजना बुढाथाेकि
सुर्खेत १४ साउन ।
नेपालीको विकेण्ड अर्थात शुक्रबार । शुक्रबार भनेको नेपालीहरुका लागि साताभरिको थकान र तनाव मेटाउने एउटा मेसो हो । जब त्यहि थकान र तनाव मेटानका लागि लाइभ म्यूजिक र टेष्टी फुड्सको कम्बिनेशन गर्न पाइने हो भने त भन्नैपर्ने हुन्छ थ्यांक गड इट्स नट जस्ट अ फ्राइडे १ इट्स अ गुड फ्राइडे ११ यस्तै शानदार डिसेस् र जानदार लाइभ म्यूजिकलाई इञ्जय गर्दै आफनो शुक्रबार मात्र हैन शनिबारलाई समेत धमाकेदार बनाउन इच्छा छ भने तपाइँलाई कुनै हाइवेमा भौतारिन पर्दैन, बस गोरेटोसम्म पुगे हुन्छ ।
वीरेन्द्रनगर ६ गोदामलाइनमा भर्खरै खुलेको गोरेटो प्mयामिली रेष्ट्रो एण्ड लाइभ म्यूजिक बार अहिले सबै उमेर समूहका रेष्टुरेण्ट
पारखीहरुका लागि ६ दिनसम्मको ह्यांगओभर विसाउने गतिलो र सजिलो ठाउँ बनिसकेको छ । हरेक शुक्रबार र शनिवार कर्णालीका स् थ ा न ी य द े िख र ा िष् ट « य स् त र स म् म क ा कलाकारहरुलाई प्रत्यक्ष देख्न र सुन्न पाइने त्यसैमा जिब्रो फड् कार्ने गर्ने स्वादिष्ट व्यञ्जनको स्वाद लिन पाइने भएपछि त्यो साँझ आफैमा मद्होशपूर्ण त हुने भइनै हाल्यो ।
समयक्रमसंगै मानिसहरुमा मीठो खाने, राम्रो लाउने र रमाइलो गर्ने ईच्छा आकांक्षापनि बढ्दै गइरहेको छ । सुर्खेतवासीमा पन्पनिंदै गएको त्यहि आंकाक्षालाई गहिरोसम्म नियालेका युवा व्यवसायी हरि विष्टले दिनभरको कामको थकानलाई साँझ पुराना अनि नयाँ सदाबहार संगीतको साथमा मीठा मीठा परिकार खुवाउँदै थकान तनाव मेटाउनका लागि कोरिदिएको गोरेटो हो यो ।
सुर्खेतका गोरेटोहरुमा खेल्दै हुर्किएका कलाकार तथा खेलाडी हरि बिष्ट र पत्रकारितामा पहिचान बनाइसकेकी ज्योति कटुवालसंगको साझेदारीमा ३ करोड ८९ लाखको लागतमा सञ्चालनमा ल्याएको गोरेटो’ दिन दिगुना फराकिलो हुँदै गइरहेको छ । हप्ताभरको काममा व्यस्त भईरहँदा परिवारबीच केहि समय आत्मियतासहित बिताउन चाहनेहरुलाई पहिलो प्र ाथमिकतामा राखेर खोलिएको रेष्ट्रोमा जहाँ साँझ सात बजेदेखि राती साढे १२ बजेसम्म नयाँपुराना सदाबहार गीतसंगीतको प्रत्यक्ष साक्षी बन्न पाइन्छ ।
इ िन् ड य न , चाइनिज, तन्दु र, कन्टिनेन्टल र सम्पूर्ण नेपाली परिकारहरु आफनो रेष्ट्रोको विशेषता रहेको बताउँछन सञ्चालक विष्ट । उनले थपे, गोरेटोको विशेष परिकारका रुपमा परिचित छ । गोरेटो सप्र्राइज’ । गाउँघरमा चलनचल्तिको र सबैको जनजिब्रोमा झुण्डिएको मौलिक शब्द भएकैले रेष्टुरेण्टको नाम गोरेटो राखिएको उनले जिकिर गरे ।
गोरेटो भन्ने बित्तिकै परिवारको साथमा पुरै सुरक्षित वातावरणमा रमाइलो गर्ने स्थान भन्ने परिचय दिन खोजिएको उनको तर्क छ । यहाँ असुरक्षा भन्ने केहि छैन’, उनले भने, हामीले यहाँ आउने हरेक ग्राहकलाई आफ्नो परिवार जस्तै सेक्युरिटी दिन्छौ त्यसका लागि
२ जना बाउन्सर र २ जना सेक्युरिटी गार्ड राखेका छौ’ ।
नेपालका अन्य जिल्लाका तुलनामा कर्णाली प्रदे श र कर्णालीका जिल्लाहरु पछाडि पारिएका भन्ने सोचलाई परिवर्तन गर्नका लागी सुर्खेतमा लाइभ म्युजिकका साथमा रेष्टुरेण्ट चलाएर कर्णालीको विकासमा टेवा पुर्याउने लक्ष्य आपूmले लिएको सञ्चालक बिष्टले बताए । उनले यसैमार्फत ३८ जनालाई रोजगारी पनि दिएका छन् ।
पुर्खादेखिको संस्कृति जगेर्ना गर्ने र लाइभ सुन्दा कसैलाई पनि असर गर्ने, झुक्केर पनि नराम्रो शब्द सुन्न नपर्ने वातावरण मिलाएकोपनि उनले जानकारी दिए । हरेक शुक्रबार र शनिवार कलाकारिताको क्षेत्रमा उत्कृष्ट कलाकारहरुको प्रस्तुति रहने बताउँदै उनले त्यसका लागि प्रवेश भने निःशुल्क गरिएको बताए ।
उद्घाटनको दिनदेखि शुरुवाति केहि दिनहरुमा प्राविधिक कारणवश मेनुमा समस्या हुँदा गोरेटो महङ्गो छ भन्ने हल्ला बाहिर आएको सम्झँदै उनले भने, अहिले त्यो मिलिसक्यो अब नर्मल खाजा घरमा जस्तै मूल्यमा फरक पर्दैन’ ।दिनभरी काम गर्ने अनि साँझ खाना खाएर सुतिहाल्ने हाम्रो दैनिकीलाई परिवर्तन गर्ने उद्देश्य लिएर आफुले साँझ परिवारसंग रमाइलो गर्ने वातावरण सृजना गर्न खोजेको पनि उनको भनाई छ ।
विकसित शहरहरुमा दिनभरी काम गर्ने र राती भएपछि परिवारसंग घुम्ने, रमाइलो गर्ने परिपाटि अझै हाम्रो प्रदेशमा नबसेकाले यसलाई विकास गर्नका लागि गोरेटो खोलिएको विष्टले बताए । पिउनुस, पिलाउनुस तर नबिलाउनुस भन्ने मान्यताका साथ गोरेटोको लाइभ म्युजिकमा सहभागी हुने ग्राहकलाई धेरै मात्रामा नपिउन अनुरोधपनि गर्ने गरिएको छ ।
रमाईलोका लागि खाएपनि आफु सभ्य र सुरक्षित हुने गरी मात्रै अल्कोहल प्रयोग गर्न सुझाब दिने गरिएको बिष्टले जानकारी दिए ।
आज र भोलि प्रेम परियारको प्रस्तुति’
आज शुक्रबार, आजको साँझलाई रंगीन र यादगार बनाउने सोचमा हुनुहुन्छ भने आज तपाइँ । यी आँखामा तिमी छौं, यो मनमा तिमी छौ’ र नाइँ नभन्नु ल.. ’ लगायतका चर्चित गीतका गायक प्रेम परियारसंगै झुम्न पाउनु हुनेछ । किनकी आज र भोलि दुबै दिन युवापुस्तामा माझ प्रख्यात गायक प्रेम परियारको लाईभ प्रस्तुति रहने छ ।
बालक उमेरमै सामान्य गाँउघरमा गीत गाउने प्रेम अहिले चर्चित कलाकारका रुपमा स्थापित भइसकेका छन् । उनले अहिले मर्ने कसैलाई रहर हँुदैन’, म त सानो गाँउको मान्छे’, जस्ता धेरै गित गाइसकेका कलाकार प्रेम परियारको सांगीतिक प्रस्तुतीका साथमा आज र भोली गोरेटोमा रमाइलो गर्न सकिने छ ।
गोरेटो स्पेशल हैन ‘सप्र्राइज’
सामान्यतया हरेकजसो रेष्टुरेण्टहरुले आफनो सेफ र कुकको विशेषता अनुसार दिनबार मिलाएर स्पेशल डिश अफर गर्ने गरेका हुन्छन । तर गोरेटोमा स्पेशल हैन गोरेटो सप्र्राइज पाइन्छ भन्छन सञ्चालक हरि विष्ट । १८ वर्षको अनुभव सम्हालेका कुक चिकेन, पनिर, प्राउन चिप्स, पिनट, क्याविनट, ससेज, भेजिटेबल र यसमा चाहिने मसलाहरु सबै राखेर बन्ने कम्बो प्याकनै गोरेटो सप्र्राइज हो । यो निकै स्वादिष्ट हुन्छ । गोरेटो फ्यामेली रेष्ट्रो एण्ड म्युजीक बारमा आउने हरेकको रोजाईमा गोरेटो सप्र्राइज पर्ने गरेको छ ।
३३ वर्षीय प्रेमको १८ वर्षे सेफको अनुभव
बाँकेका प्रेम वी.सी. १२ वर्षको उमेरमा भारत पुगे । होटेल लाइनमा काम गर्दै जादाँ उनी अहिले सेफ बनेका छन् । अहिले उनी ३३ वर्षका भए तर उनले होटेल लाइनमा १८ वर्ष बिताइसकेका छन् । भारतमा ६ वर्षसम्म होटेलमा काम गरेका प्रेमले नेपालगञ्जको सिद्धार्थ ग्रुपमा २ वर्ष, कोहलपुर को सेन्ट्रल प्लाजामा १ वर्ष र पप लाइफमा डेढ वर्ष, विराटनगरको रत्ना होटेलमा २ वर्ष, धनकुटाकोे एक होटेलमा २ वर्ष, नेचर होटेलमा एक वर्ष र काठमाडौंको एक होटेलमा १ वर्ष काम गरेको अनुभव
बटुली सकेका छन् ।
उनलाई विशेष गरी इण्डियन परिकारमा रुचि छ र उनी निकै स्वादिष्ट इण्डियन परिकार तयार पार्छन तर उनी अल राउण्डर काम गर्दै आएका छन् । उनलाई सबै परिकार पकाउन आउँछ र उनी नयाँ परिकार तयार पार्न निकै रुचि राख्ने गरेका छन् ।






