बाफिकोट १० सडक सन्जालमा जोडिदै

प्रचण्ड खत्री
रुकुम पश्चिम १४ साउन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका सडक सन्जालमा जोडिदै छ । भदौ ६ गत्ते भित्र जोडि सक्ने गरि काम भैरहेको छ । डिग्रे ईन्जिनियर ९८ लाखमा र ओलि निर्माण सेवाले ९० लाखमा ठेक्का पारेको वडा अध्यक्ष हरि चन्दले बताए । पुर्बाधार बिकास कार्यलय चौरजहारि मार्फत ठेक्का आह्वान गरि काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चन्दले बताए ।

बाफिकोट गाउँपलिका वडा नम्बर दस अहिले सम्म वडा कार्यलय सम्म सडक पुग्न सकेको थिएन । यस बर्ष सडक जोडिने गरि काम भैरहेको वडा कार्यलयले जनाएको छ । सडक सन्जाल नजोडिदा त्यहाँका स्थानियलाई बाफिकोट गाउँपालिका देखि अन्य स्थानमा जान असहज भएको थियो ।

बाफिकोट गाउँपालिकाको दुर्गम वडा भनेर दस नम्बर वडालाई चिनिन्छ । स्थानियलाई खाद्य दुवानी देखि अन्य घरायसी सामान लिन अफ्ट्यारो परेको थियोे । अवको देखि महिना पछि दस नम्बर वडाको स्थानियले गाडिको सुबिधा प्राप्त गर्ने बिश्वास लिएका छन ।





