सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिकाले कानुनी प्रक्रिया सुरु

सुर्खेत १४ साउन ।

सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका कानुनी प्रक्रिायमा गएको छ। बसपार्कको सञ्चालन जिम्मा लिएको पीआर कन्स्ट्रक्सनविरुद्ध नगरपालिकाले सुर्खेत जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको हो। नगरपालिकाको असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरु गरिएको हो।

असार ३१ गते नगरपालिकाले सञ्चालक कम्पनीले अटेर गरे कानुनी प्रक्रियामा जाने निर्णय गरेको थियो। त्यसपछि पनि नगरपालिकाले भाडा तिर्न ताकेता गर्दै दुईपटक पत्रिकामा सूचना जारी गरेको थियो। यति गर्दासमेत सञ्चालक कम्पनीले अटेर गरेपछि कानुनी प्रक्रिया सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए।

तिवारीका अनुसार सञ्चालक कम्पनीले बसपार्क सञ्चालनवापत ३ करोड ७३ लाख रुपैयाँ सावाँ मात्र तिर्न बाँकी छ। त्यसबाहेक ३० देखि ३५ करोड रुपैयाँ हर्जना रकम तिर्नुपर्ने छ। नगरपालिकाले असार ३१ गते निर्णय गर्नुभन्दा अघि पनि १४ पटक भाडा तिर्न पत्राचार गरेको थियो। पीआर कन्स्ट्रक्सनले सुर्खेत सिटी बसपार्क सञ्चालन गर्ने जिम्मा लिएयता २०७७ चैत १५ गतेदेखि यताको भाडा तिर्न बाँकी छ। बीचमा कोभिडको समयको साढे ३ महिना नगरसभाको निर्णयबाट मिनाहा गरिएको छ।

नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा नबुझाए १ प्रतिशत जरिवाना लाग्छ। एक महिना नाघे २ प्रतिशत र दुई महिना नाघे ५ प्रतिशत जरिवाना लाग्छ। यो जरिवाना दैनिक हिसाब हुने प्रावधान छ। अहिले कम्पनीको नाममा कुल बक्यौता रकमको ५ प्रतिशत जरिवाना दैनिक थपिँदै गएको छ।

सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिकाले  कानुनी प्रक्रिया सुरु

विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति

सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिकाले  कानुनी प्रक्रिया सुरु

बाफिकोट १० सडक सन्जालमा जोडिदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!