विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति

दैलेख, १३ साउन  ।

दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो ।

पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भएका छ न् ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ दैलेखका एकाइ प्रमुख तेजबहादुर थापाका अनुसार शिक्षक तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार सशस्त्र द्वन्द्व तथा जनान्दोलनका बेला हटाइएका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । उनले भने “प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गर्ने गरी जिल्लाका विभिन्न स्थानीय तहमा पठाइएको छ ।”

पुनर्बहाली हुनुभएका शिक्षक महेन्द्र शर्माले सरकारले आफूहरूको पुनस्र्थापनाको माग पूरा गरे पनि अन्य सेवा सुविधाको विषयमा अझै प्रस्ट नभएको बताए ।

स्राेत ः गाेरखापत्र

क्यान्सर पीडित प्रेम परियार लाई लायन्स क्लब

विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति

सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!