अर्थमन्त्री शर्मा देउसी भैलो तथा भेटघाटमा व्यस्त

प्रचण्ड खत्री
रुकुम पश्चिम ,१२ कात्तिक ।
रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मा देउसी भैलो तथा जनभेटघाटमा ब्यस्थ छन । मन्त्री शर्मा रुकुम पश्चिमका धेरै जसो स्थानिय तहका वडामा पुगेर जनता सङ्ग भेटघाट गरिरहेका छन ।
चौरजहारी बाट सुरु भएको जनभेटघाट बाफिकोट गाउँपालिका वडा नम्बर २ मा आएर सम्पन्न भएको छ । अब अर्थ मन्त्री शर्मा पार्टीको आमसभामा सहभागी हुने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पश्चिमले जनाएको छ ।
बाम गठबन्धनबाट रुकुम पश्चिमबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव समेत हुन । शर्मा ३ पटक प्रतिनिधि सभाका सदस्य हुँदा विभिन्न मन्त्रालयको जिम्मेवार समेत बहन गरिसकेका छन ।
देउसी भैलो तथा जनभेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री शर्मा , नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपाल शर्मा , बाम गठबन्धनका रुकुम पश्चिम क का प्रदेश उम्मेदवार महेन्द्र केसि , केन्द्रिय सदस्य बसन्त शर्मा , नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसि , प्रदेश कमिटी सदस्य धर्मबहादुर केसि , प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाही , चिरञ्जीवी मल्ल , नेकपा माओवादी केन्द्र बाफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसि लगायतको भेटघाट कार्यक्रममा सहभागी रहेको थियोे ।






