सुर्खेतको ठिग्नि जोड्ने झुलुङे पुल धरापमा

दुर्गा विसि
कार्तिक,१२ सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ६ भेरि नदिमा रहेको ठिग्नी गाउँ जोड्ने झोलङ्गे पुल उच्च जोखिममा रहेको छ । ठिग्नी , कोरेलचौर , रिठाबोट र काप्रीचौरको प्रबेशद्वारको रुपमा रहेको यो झोलङ्गे पुल यो पटकको अविरल वर्षा र केही वर्ष अघि भेरि नदिमा आएको वाढिले पुललाइ आंशिक क्षती गरेको छ ।बर्खामा बढेको भेरिको पानीको उच्च बाहाफले दिशा परिबर्तन गरेको हुनाले जोखिममा वढेको छ ।

नदिको दिशा परिबर्तन हुदा नदिको एक साइडमा अत्याधिक ढुङ्गा भरेको र जसको कारणले पुलले नदि छुन लागेको छ भने पुलका ८ वटा साइड लहरा चुडिएका छन । पुल निकै जिर्ण हुँदै गए पनि सम्बधित ठाउँ बाट कुनै चासो नभएको स्थानिय बासिन्दा मिलन बि सीले जानकारी दिएका छन्। पुल निकै जिर्ण भएकोले यस क्षेत्रमा निकै समस्या भएको छ ।नदिमा पानीको वाहव उच्च भए पछि पुल नै छुन्छ ।
पुल आवतजावत गर्न त्यहाँका नागरिक डराउने गरेको स्थानीय विसिको भनाइ रहेको छ । यसको दिर्घकालिन समाधानको लागि पक्की पुल वा उक्त पुलको मर्मत संम्हार आवश्यक देखिन्छ । आबश्यक भएकोले सम्बधित निकायले यसको ब्यबस्था गरिदिन स्थानिय सुवास बि सी अनुरोध गरेका छन ।

निलगिरि निर्माण सेवा वानेश्वर काठमाडौंको कम्पनीले २०७६ मा यो पुलको कार्य सम्पन्नता गरि हस्तान्तरण गरिएको हो । करिव २०८ मिटर लम्बाई रहेको यो पुल हाल नदिमा लत्रिन सुरु गरिएको छ ।८ वटा सपोर्टिङ लहरा चुडिएको छ ।स्थानीय विकास मन्त्रालयको जिल्ला प्राविधिक कार्यालय सुर्खेतद्वारा विनियोजित वजेटमा २०६२ सालमा यो पुलको काम सुरुवात भएको थियोे ।






