तिनै क्षेत्रमा जित सुनिश्चित छ: नेता ज्वाला

दुर्गा विसि
कार्तिक,११ सल्यान ।
प्रतिनिधि सभा सदस्यका उमेदवार ज्वालाले सत्तारुड गठवन्धनका उम्मेद्धारहरुले तीनै क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । शुभदिपावलिकाे अवसर पारेर सल्यान पश्चिमका विभिन्न गाउँ वस्ति र स्थानीय वजारहरुमा राखेको चियापान कार्यक्रममा बोल्दै नेता ज्वालाले यसो भनेका हुन् ।

साथ साथै सल्यानका विभिन्न गाउँ वस्तिहरुमा पुगेर समस्या र नागरिकका गुनासा सुन्न समेत भ्याए ।सत्तामा हुदा हाेस वा बाहिर जहाँ रहे पनि सधैं जनतामा अाउन सिपालु नेता ज्वाला उम्मेदवार भैसके पश्चात् घरघरमा भेटघाटलाई तिब्रता दिन थालेको देखिएको छ ।जन्म स्थानमा टीका सकिए लगत्तै अम्राको लहरे नाचमा सरिक भेटघाट कार्यक्रम तय गरियो ।भाेलि पल्ट पुनः खैरागार पुगेर जेष्ठ नागरिकहरु,युवाहरुसँग उक्त गाउँकाे विषयमा वृहत् छलफल पछि उनिहरुसँगै मनाेरञ्जन नाचगानमा सरिक रहेको समेत पाइयो ।

चियापान कार्यक्रममा बोल्दै गठबन्धनबाट प्रतिनिधि सभा उम्मेद्धार तथा एकिकृत समाजवादीका उप महासचिव नेता ज्वालाले पटक पटक छलफल र बैठकले गठबन्धन भित्रको शंका उपशंका मेटेको र गठबन्धन पुर्ण रुपमा कार्यन्वयन हुने बताए ।

केन्द्रिय सर्कुलर र गठबन्धनको मर्म र भावना अनुसार गठवन्धका उम्मेद्धारलाई मत हाल्न एकिकृत समाजवादी पार्टीका सम्पुर्ण नेता कार्यकार्तालाइ आग्रह समेत गरे । गठवन्धनको जीत सुनिश्चि भइसकेकाले ढुक्क भएर मतदान गर्न सल्यानि जनतलाइ अपिल समेत गरे ।
त्यसैगरी तिहार अघि सल्यान पश्चिमकाे भेटघाट कार्यक्रम गठबन्धनबाट प्रदेश क का उम्मेद्धार तथा नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले गठबन्धनका तिनै दलका नेता कार्यकर्ताहरु गठबन्धन जिताउन लागि परेको बताए ।

एमाले बिरुद्धको साझा गठबन्धन पुर्ण रुपमा कार्यन्वयन हुनेमा कुनै शंका नभएको बताए । त्यसैगरी गठबन्धनबाट प्रदेश ख का उम्मेद्धार तथा नेपाली काँग्रेसका जिल्ला सभापति केशवहादुर विष्टले आफ्ना नेता कार्यकर्तालाई ढुक्क भएर गठबन्धनका उम्मेद्धारलाइ भोट दिन अपिल समेत गरेका छन् ।केही भ्रमपुर्ण कुरा रहेको भए गठबन्धनकाे संयुक्त विज्ञप्तिबाट प्रमाणित भैसकेकोले यस
तर्फ नसाेच्न केही दिन अघि गठबन्धनकाे जिल्लामा भएको पत्रकार सम्मेलनमा साे कुरा जनाएको छ ।

तीन ठुला शक्ति एकमत भएर अघि बडिसकेकाले गठबन्धका सबै उम्मेद्धारले अत्याधिक मत ल्याएर बिजयहुनेमा कुनै दुइमत नभएको उनको भनाइ छ ।
गठबन्धका बिरुद्धमा भ्रम नफैलाइयोस भन्दै प्रसार अभियान पनि संयुक्त रुपमा सुरु गरेको बताए ।कार्यक्रमा तीनवटै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकको उपस्थिति रहेको थियो ।सल्लिवजारमा भैलो कार्यक्रम सरिक प्रदेश ख का प्रदेश सभा उम्मेदवार सुरेश अधिकारीले समेत जित सुनिश्चित मात्रै होइन अत्यधिक मतकासाथ चुनाव जितिनेमा ढुक्क रहन नेता कार्यकर्तालाई जानकारी गराए ।

तिनै क्षेत्रमा जित सुनिश्चित छ: नेता ज्वाला

स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागी आयुर्बेद”

तिनै क्षेत्रमा जित सुनिश्चित छ: नेता ज्वाला

सुर्खेतको ठिग्नि जोड्ने झुलुङे पुल धरापमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!