स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागी आयुर्बेद” भन्ने मुल नारा लाई आत्मसाथ गर्दै देशै भर मनाइयो रास्ट्रीय आरोग्य दिवस

दिलिप ढकाल
कात्तिक,८सुर्खेत ।
“स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागी आयुर्बेद” भन्ने मुल नारा सहित देशै भर रास्ट्रीय आरोग्य दिवस मनाइएको छ। देशै भर आरोग्य दिवस मनाउने क्रम चलिरहदा पुर्बी सुर्खेतको मैनतडा आयुर्बेद औसधालयमा पनि रास्ट्रीय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ति मनाइएको छ।
आयुर्बेदका प्रबर्दक धन्वन्तरिको जन्म जयन्तिको अवसरमा हरेक बर्ष कात्तिक त्रयोदशिको दिन यो दिवस मनाउने गरिन्छ। । उक्त दिन कुनै जिन्सी सामान किन्दा १२ गुणाले बृदी हुने जना बिश्वाश पनि रह्रेको छ। साथै धन्वन्तरि लाई आयुर्बेदमा शल्पतन्त्रको जननी,सल्य चिकित्साको विज्ञको रुपमा पुजापाठ गरि मनाउने प्रचलन रही आएको छ।
भेरिगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा मैनतडा आयुर्बेद औषधालय संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष प्रेम बहादुर आग्री को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख धनसरा बोहोरा को बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम मा बोल्दै भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले आफु स्थानिय तहको निर्बाचनमा भेरिगंगा नगरपालिकाको नगर प्रमुख पदको उमेद्वार बनी जनता माझ मत माग्न जादा नै आफु निर्बाचित भए नगर पालिकाको आयुर्बेद शाखा लाई थप स्तरिय बनाउने र जनाताको घर दैलोमा आयुर्बेद स्वास्थ्य सेवा पुर्याउने बाचा गरेको बताए ।
सोहि प्रतिबद्दता अनुसार नै आफुले काम गरेको र भाडाको घरमा संचालनमा रहेको मैनतडा आयुर्बेद औषधालय जहरे लाई जग्गा उपलब्ध गराउन तथा उक्त जग्गामा घर बनाउन नगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताब राख्ने र प्रसाब अगाडी बढाउन सबै लाई आग्रह गर्ने समेत बताउनु भएको थियो। त्यस्तै कार्यक्रम मा बोल्दै नगर उप प्रमुख धनसरा बोहोराले आयुर्बेद औषधीले कुनै असर नगर्ने भन्दै ढुक्कका साथ आयुर्बेद औषधि प्रयोग गर्न आग्रह गरेका थिए ।
साथै मैनतडा आयुर्बेद औषधालय निशुल्क आयुर्बेद औसधि उपलब्ध भएकाले आयुर्बेद औषधि प्रयोग गर्न सबै लाई अनुरोध गर्नु भएको थियो। त्यस्तै भेरिगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा मैनतडा आयुर्बेद औषधालय संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष प्रेम बहादुर आग्रीले आफु निर्बाचित भएको वडामा संचालित मैनतडा आयुर्बेद औषधालय लाई वडा बाट बजेट विनियोजित गरेर भएपनि आबश्यकता अनुसारको आयुर्बेद औषधि उपलब्ध गराउने प्रतिबद्दता गरेका थिए ।
कार्यक्रममा भेरिगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक बिकाश समितिका संयोजक लालसिंह बुढा,वडा नम्बर ८ का निबर्तमान वडा अध्यक्ष पदम पदम बहादुर खत्री,कार्यपालिका सदस्य सहविर महर,वडा सदस्य ईश्वर पोख्रेल एवं धन बहादुर बिक,भेरिगंगा नगरपालिका नीति तथा योजना शाखा प्रमुख पिताम्बर पौडेल,पशुपंक्षी शाखा प्रमुख भोज प्रसाद चपाई,स्वास्थ्य शाखा सी.अ.हे.ब.बिमल रावत,घरेलु महासंघ भेरीगंगाका अध्यक्ष रघुवीर मिजार, जहरे बजार ब्यबस्थामा समितिका अध्यक्ष बल बहादुर ओली,एमाले भेरिगंगा वडा नम्बर ९ वडा कमिटि अध्यक्ष विराजित बस्याल,सहकारी कर्मी,शिक्षक ,संचारकर्मी सुरक्षाकर्मी लगाएत ३० जनाको को उपस्थिति रहेको थिए ।
मैनतडा आयुर्बेद औषधालयका कविराज निरीक्षक छबिलाल खड्का ले कार्यक्रम संचालन गरेका थिए ।






