पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता

सुर्खेत, १३ कात्तिक ।
सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका थिए ।
शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा उनिहरू बेपत्ता भएको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका प्रमुख एसपी विमल डाँगीले जानकारी दिए ।

तिहारमा देउसीभैली खेलेर उठेको पैसाले उनिँहरू भेरीगंगा नगरपालिकाको सत्तरीमा पिकनिक खान गएका थिए । बेपत्ता हुनेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गोरखापत्र






