ब्राण्ड स्टाेरी : अारानमै सम्भावनाका चाङ्ग

पुनम वि सी

सुर्खेत १३ साउन ।

त्यसाे त घरायसी कामका लागि आवश्यक पर्ने सानातिना घरेलु हतियार औजार बजारमा अहिले छ्याप्छ्याप्ति पाइन्छन  थरिथरिका, भाँतिभाँतिका, चम्किला,लदम्किला, दामी गिनामी सबै किसिमका घरेलु औजार हतियार अहिले सजिलै किन्न पाइन्छन बजारका भाँडा पसलमा ।

तर गाउँघरमा दशैंतिहारका बेला मार हान्ने खुँडा, घाँस काट्दा चाहिने धारिलो आँसी, दाउरा मूढा टुक्र्याउँदा चाहिने दरिलो बञ्चरो त कहाँ बजारमा पाउनु ? यसका लागि चाहिन्छ आरनको रापबाट खारिएर निस्किएको फलामलाई गठिला हातले कुट्दै र थिच्दै निश्चित आकार दिएपछि बल्ल निखारिन्छन अनि तिखारिन्छन ।

दिनभरजसो फलाममाथि रिसै पोखैझैं गरी चुट्दै र ठोक्दै दिन बित्छ चिङ्गाडका भरत बिकको । आरनको आडैमा बसेर असिन पसिन हुँदै गाउँले ग्राहकका लागि मार हान्ने ठूलो आँसी बनाउन उनी फलामभन्दा पनि बढि तात्तिएका थिए ।  खसी छिनाल्ने आँसी हो यो, गाउँकै एकजना ग्राहकका लागि बनाउन लागेको ।’

पसिनालचुहिँदै गरेको अनुहारमा गर्विलो मुस्कान ल्याउँदैलउनी भन्दै गए, मार हान्ने आँसी भएन भनेर आउनु भा’’, त्यहि बनाउँदै छु ।लसुर्खेतको चिङ्गाड गाउँपालिका–५ का भरतले बुवा–बाजेले समेत त्यहि आरन चलाएरै विष्टका बालिघरे भएर जीवन बिताए । बाउबाजेबाट विरासतमा पाएको त्यहि पुख्र्यौली सीपलाई पेशा बनाएर आफनो अनि अाफनाे  परिवारको जीवन गुजारा गर्दैछन भरत । ‘पुख्र्याैली कलाको पेशा भएकाले पनि यो पेशा निकै रमाइलो छ ।’

गर्विलो भावमा उनी भन्छन, अब यो त पुख्र्यौली सीप कला मात्रै भन्दा पनि व्यवसाय भइसक्यो । केहि वर्ष पहिले गाउँका आरनमा
बनेका घरायसी सामाग्रीमा मान्छेहरुको रुचि घट्दै गएको सम्झना उनलाई टाठै छ । पहिले–पहिले हामीले बनाएका सामान राम्रा भएनन भन्दै मुर्मुरिएर बजारबाट स्टिलका आँसी चक्कु ल्याउने गरिन्थ्यो ।’ उनी विगत सम्झन्छन, बजारिया सामान त्यति गतिला,भरासिला र टिकाउ नहुने भएपछि फेरि उहि आरनमै बनेका सामान खोज्न थालेका छन अचेल ।

बजारबाट किनेका स्टिलका सामानले गाउँका घरभान्सा र दाउरापातमा राम्रै ठाउँ ओगट्न थालेपछि हतास भएका भरत आफ्नो आरनलाई चिसै छाडेर भारत भासिए । भरतलाई भारतको गर्मी भन्दा आफ्नै आरनको राप प्यारो लाग्यो र फर्किए करिव ५–७ वर्षपछि । भारतमा रोजगारी गरेरपनि लामो समय जम्न र मन थाम्न नसकेपछि आइपुगे आफनै थातथलो,आफनै  सेलाएको तताउन । आरनको ताप बढेसंगै उनको व्यवसायपनि यसरी रापियो कि उनलाई फेरि कहिल्यै भारतको मोहले तानेन ।


टिकाउ’ खोज्ने कि ‘बिकाउ’
भारतमा मजदुरीपछि गाउँ फर्केका भरतले गाउँले उत्पादन छाडि बजारिया उत्पादनमा बरालिन पुगेका आप्प्रविधिउन्मुख युवाना ग्राहकलाई आपूmतिर फेरि कसरी फर्काउने त ? अनि निकाले नयाँ जुक्ति र आफैले बनाउने आँसी, खुकुरी, खुँडा अादिलाइ चटक्क फिनिसिंग दिने र आवश्यक्ता अनुसारका बुट्टा समेत कुँद्न थाले । हेर्दैमा समाउँ समाउँ लाग्नेखालका सामान बनाउन थालेपछि उनका ग्राहक मात्र फर्किएनन् सेलाउँदै गएको उनको व्यापार व्यवसायपनि बौरिन थाल्यो ।

हाम्रा उत्पादन शहर भन्दा गाउँमै बिक्छन, गाउँमै टिक्छन् ।’ उनी भन्छन, बजारमा लगेर बेच्ने कोशिसपनि गरियो तर कमसल खालका बजारिया सामानसंग जुध्न सकिएन् ।’ आप्रविधिउन्मुख युवाहरुले बनाउने आँशी, खुकुरी, बञ्चरो, खुँडा आदि शहर बजारमा उत्ति प्रयोगमा नआउने भएका कारणपनि प्रविधिउन्मुख युवा प्रविधिउन्मुख युवा उत्पादनले सोचेजस्तो ठाउँ, मोल र बजार पाउन नसकेको उनले बुभ्ःने मौका पाए । बाउबाजेले सिकाए अनुसार पुरानै ढर्रामा चल्न खोज्दा अरु कतिपय आरन व्यवसाय पलायन भएको उनले सुनाए ।

आपूmले छाडेर फेरि शुरुवात गरेको आरनलाई बन्द हुन नदिने अठोट गरेका भरतले आनो पुख्र्यौली पेशालाई परिष्कृत मात्रै गर्दै लगेनन त्यहि फलाम पिटेर ७ जनाको परिवार सहजै धानिरहेका छन् । ‘कच्चा पदार्थको आयातको खर्च सबै कटाएर मासिक २५ हजार आम्दानी दिएकै छ ।’  सन्तुष्ट भावमा उनी भन्छन,‘ भारतको मजदुरी भन्दा घरकै यो धन्दा राम्रो भएन र ?

संगठित हु“दैछन् आरन व्यवसायी

पहिले बालीघरे भएका कारण वर्षेनी विष्टहरुलाई चाहिने जति औजार बनाएर दिने र बाली पाकेपछि विष्टका घरमा हात थाप्नजानुपर्ने भएकाले पनि होला धेरैले आरन पेशा छाडेको भन्ने उनलाई लागेको छ । तर अहिले आरनहरु व्यवसायिक र बजार उन्मुख भएको सुनाउँदै उनले भने,‘हामी नगदमै कारोवार गछौँ ।

त्यसैले पनि यो पेशा रमाइलो लाग्न थालेको छ ।’ भरतजस्ता अरु आरन व्यवसायीहरु मिले अहिले प्रगतिशील आरन लघुउद्यमी समूहपनि खोलेका छन । जसमा गाउँका पाँच वटा आरनहरु आवद्ध । स्थानीय तेजबहादुर कामी, खड्कबहादुर कामी, सम्मर कामी, खड्कबहादुर टमाटा र भरत मिलेर समूह स्थापना गरेका हुन ।

हाम्रो व्यवसाय नगदी भएको छ, हाम्रा उत्पादनको बजार मूल्य तोक्नका हामी समूहमा जोडिएका हौँ ।’ उनले भने प्रतिष्पर्धाले हामी हाम्रो उचित मूल्य घटाउन चाहन्नौँ ।’ यसका साथै समुहले अवसरहरुको समेत सेजना गर्ने गरेको उनी बताउछन् । संगठित हुँदा व्यवसाय सञ्चालनमा फाइदा पुगेको उनले बताए ।

प्रविधिउन्मुख युवा

युवामाझ गाउँका आरनलाई पुरानो प्रविधिको व्यवसाय जनाइयो । जहाँ, शारिरीक परिश्रम धेरै हुन्थ्यो । भरत भन्छन्, दिनभरी फलाम पिटेर साँझ ज्याला नबसेपछि पनि यो व्यवसायबाट पलायन हुनेको संख्या बढेको हो ।

अहिले हेर्नुन, दिनभरीको ज्याला त केहि घण्टामै कमाइन्छ ।’ भरतको आरन प्रविधिसँगै जोडिएको पनि छ । वेल्डिङ्ग, ग्रेण्डर’लगायतका विद्युतिय औजारहरु उनको आरनमा जोडिएका छन् । उनले भने, । मेशिनहरु त ल्याएका छौँ । तर सञ्चालनमा आउन सकेका छैनन् । यहाँ विद्युतको समस्या छ ।

विद्युत नभएका कारण हामीले ती मेशिनहरुको सञ्चालन गर्न सकिएको छैन ।अब केहि समयमा नै सुरुवात हुनेछन् ।’ मेशिन सञ्चालनमा आएलगत्तै उनलाई आरन व्यवसाय सञ्चालन गर्न श्रमको कम प्रयोग गर्दा उत्पादनमा थप सुन्दरता मिल्ने उनी बताउँछन् ।

कच्चा पदार्थको समस्या कायमै

आरन व्यवसायका लागि दुई प्रकृतिका कच्चा पदार्थको आवश्यकता पर्छ, कोइला र फलाम । बजारमा फलामको उपलब्धता भएपनि कोइलाका लागि भरतले समस्या झेल्दै आएका छन् ।

स्थानीय सामुदायिक वन मार्फत व्यवसायका लागि कोइला आपूर्ति गरिदै आईएको छ ।  यहि जंगलबाट कोइलाका लागि काठ ल्याउँछौँ । सिङ्गो रुखको नै कोइला बनाई प्रयोग गर्न पर्छ ।’ उनले भने, जंगलमा टाढासम्म ढलेका रुख समितिले उपलब्ध गराईदिन्छ । त्यसका लागि रुख कटानी तथा आयातमा कहिलेकाही धेरै महंगो पर्न जान्छ ।

ब्राण्ड स्टाेरी  : अारानमै सम्भावनाका चाङ्ग

राजस्व करोडमा, ट्राफिक सधैं रोडमा

क्यान्सर पीडित प्रेम परियार लाई लायन्स क्लब

Leave a comment

Your email address will not be published. Required fields are marked *