राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान छ : मुख्यमन्त्री आचार्य

दाङ ,१ जेठ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गर्नुभएकाे हाे । उहाँले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
`राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद हाम्रो मुख्य लक्ष्य हो,´ उहाँले भन्नुभयो, `खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । खेल पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा नियमित प्रतियोगिता आयोजना भइरहेका छन् ।´

मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरु कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो । `खेल अनुशासन हो । स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य छ । युवाहरु कुलतमा फस्नु सबैका लागि चिन्ताको विषय बनिरहेको छ,´ उहाँले भन्नुभयो, `अनुशासन र नियममा बाँधिन जरुरी छ ।´

उहाँले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई हौसला प्रदान गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न आग्रह गर्नुभयो ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु समावेश छन् ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सीता शर्मा चौधरी लगायत खेल क्षेत्रका अगुवा, प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम

राष्ट्रियता र समृद्धिका लागि खेल क्षेत्रको अतुलनीय योगदान छ : मुख्यमन्त्री आचार्य

मासु व्यवसायबाट बदलिएको दिलबहादुरको जीवन

Leave a comment

Your email address will not be published. Required fields are marked *