घुयँत्राे:“सरकारी गाडी खोज्दा सरकारै भेटिएन !”

नयाँ सरकार आएर जब पुराना दलले ४० बर्षदेखि गरेकाे कुकर्म र बेथिति जनताका अगाडि तेर्स्याई रहेकाेछ तब त्याे देख्दा र सुन्दा अचम्मै लाग्छ ।उनिहरुले देशका कुनाकुना `ट कसरी शाेषेका रैछन भन्ने कुरा सुन्दा र देख्दा अचम्मै लाग्छ । पुराना सरकारका गतिविधिका पाना जति पल्टायाे त्यति लुटतन्त्र मात्रै भेटिन थालेछि अब त जनताले उनरले गर्या कुकर्मलाई अनाैठाे मान्ननि छाेडि सके । देशमा परेकाे तेल संकटसँगै सरकारी गाडि कहाबाट कसले कति दिएका र चढेका छन भन्ने कुराकाे खाेजी गर्दानै ७ सय वढि गाडि अनाहकमा मिसयुज भएकाे भेटिएका र ती सबै गाडि सरकारले आफ्नो नियन्त्रणमा लिई सकेकाेछ । सातसातसय फाल्टु गाडि दैनिक सडकमा गुडि रहँदा दैनिक सरकारी खर्च ईन्धन,चालक र मर्मतमा कति गए हाेला र कति भष्टाचार भए हाेला कुराे सुन्दैनि अचम्म लाग्छ । देशलाई आर्थिकरुपमा खाेक्राे पार्न दलका नेता र कर्मचारी कसरी लागि रहेका रहेछन प्रष्टै देखिएकाेछ । ती दिनदेखि आजसम्म सवारी साधनमा कति खर्च गर्याे सरकारले भन्ने कुरा त जेनजी आन्दोलनमा आगलागी गराईएका सवारी साधनकाे फेहरिस्त मात्रै लियाे भनेनि थामी नसक्नु बजेट सवारी साधन किन्नेमा खर्च भएकाे देखिन्छ । सामान्य मर्मत गरेर नि चल्ने गाडिलाई समेत ग्यारेजमा थन्क्याएर नयाँ गाडि किनेर चढने सरकारी कर्मचारीहरुले देशकाे बजेट यसरी सिध्याएकि जेनजी आन्दोलन अघिसम्म त यी हाकिमका अगाडि कसैले चूँ गरेर बाेल्न सक्दैनथे । याे त गाडिकाे कुरामात्रै भयाे कार्यालयमा खरपद गर्ने फर्निचर,भाँडा वर्तन र बेडिङ विस्तरा समेत याैटा हाकिमकाे बहानामा स्टाेर किपर,र चलतापूर्जा अधिकृत वा सुब्बासाहब र लेखापालका लागि किन्नु पर्थ्याे जिन्सि चिज नल्याए पैसै ल्याएर भएनि उनिहरु दिनु पर्थ्याे भने महिनै पिच्छे फेरिने मन्त्री र हाकिमका लागि जाेरजाम गर्नु पर्ने यी सबै चिजबस्तुमा कति खर्च हुन्थ्याे हाेला अनुमाननै गर्न सकिन्न ।मन्त्री र हाकिम फेरियै पिच्छे खरिद गर्नु पर्ने कुप्रथाले देशकाे ढुकुटि नासिनसम्म नासिन्थ्याे तर यसलाई राेक्न कसैले पर्यत्न समेत गरेन जस्ले गर्दा बर्सेनि लाखाैँ रुपैयाँ यसमा डुब्याे । याे त याैटा सामान्य उदाहरण मात्रै हाे तर राज्यका अनेक पदमा बसेका मान्छेले हिजाे राज्यका अनेकन क्षेत्रबाट कति लुट मच्चाए हाेलान । अब यिनै अनेक थरि बेथितिलाई राेक्न बालेन सरकारले सक्रिय अभियान थाल्नु पर्दछ ।राज्यकाेषबाट खर्च हुने सानाभन्दा साना क्षेत्रहरुलाईनि सरकारकाे नजरमा राखि नभै नहुने कुरामा खर्च गर्ने अन्यथा नगर्ने परिपाटी बसालेर खर्च बचत गरि विकासमा लगानी गर्नु पर्दछ । सरकारले चलाउने सवारी साधन मर्मत सम्भार गर्न मात्रै पनि जिल्ला जिल्लामा यान्त्रिक कार्यालय खाेलि त्यहि कार्यालयबाट मात्र मर्मत गरि साधन सन्चालन गर्ने ब्यवस्था मिलाईयाे भनेनि मर्मतमा जाने कराेडाैँ खर्च बचत गर्न सकिन्छ । त्यसैले याे सरकाले सरकारी गाडि एकत्रित गरेर पञ्जिकरण गर्ने अभियानसितै यान्त्रिक कार्यालय स्थापना र त्यसलाई कामकाे शुरुआत गर्न कडाईका साथ पाईला चाल्नु पर्दछ । सरकारका १८ वटै मन्त्रालयमा अनुसन्धान गरि के के मा कति रकम खर्च हुन्छ र के का लागि र बर्षमन कति पटक अनि कति पटक खरिद वा खर्च गरे पुग्छ त्यसकाे वास्तविक डेटा लिएर काम गर्न शुरुवात गरियाे भने फिजुल खर्च त्यसै बचतमा जान्छ । त्यसैलेनि सरकारले यस्ता कामलाई प्राथमिकता दिई काम गर्न सक्याे भने जन विश्वास कमाउन धेरै समय लाग्दैन । त्यसैले सरकार त्यतातिर ध्यान दिऊँ ।





