राजस्व करोडमा, ट्राफिक सधैं रोडमा

पुनम वि‍ सी

सुर्खेत १३ साउन ।

अन्य ६ प्रदेशका तुलनामा सबैभन्दा कम सवारी साधन चल्ने कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेवापत वर्षेनी करौडौं रुपैयाँ राजस्व संकलन गर्छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै कर्णालीको ट्राफिक प्रहरीले कुल तीन करोड ३२ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अर्को जिम्मेवारी सडकको ट्राफिक व्यवस्थापन हो ।

राजस्व संकलनका साथै ट्राफिक व्यवस्थापनमा पनि कर्णालीको ट्राफिकलाई कम आँक्न मिल्दैन । सामान्य बटुवा, विद्यार्थीदेखि सवारी चालकसम्मलाई ट्राफिकले सडक सुरक्षाका सवालमा चेतनामूलक कार्यक्रमपनि सञ्चालन गरिरहेकै छ । सडक सुरक्षाका सवालमा सरकारी संयन्त्रका अन्य कार्यालयसंगको समन्वयकारी भूमिकामा ट्राफिक प्रहरि सम्भवत् अग्रस्थानमै देखिन्छ ।

प्रदेशदेखि स्थानीय तहसम्मका सुरक्षा योजनामा ट्राफिक प्रहरीले कार्ययोजना तयारीमा सघाउ पु¥याउँदै सरकारी संयन्त्रलाई क्रियाशिलतातर्फघ बढाएको छ । तर, सडक सु रक्षाको सवालका नागरिकको जिउज्यान रक्षकको भूमिका निर्वाह गरिरहेको कर्णाली प्रदेशको ट्राफिक प्रहरी भने आफु अभावकाबीच जेनेतन गुजारा गर्नमै वाध्य छ ।

गत आर्थिक वर्षमा तीन करोडभन्दा बढी राजस्व संकलन गरेको कर्णाली प्रदेशको ट्राफिक प्रहरीले आ.व २०७७÷०७८ मा दुई करोड ४४ लाख ८९ हजार राजस्व संकलन गर्यो । यसैगरी आव.व २०७६÷०७७ मा एक करोड ७२ लाख ६४ हजार तीन सय राजस्व संकलन भएको वीरेन्द्रनगरस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

कर्णालीका १० जिल्लामा कुल दुई हजार चार सय ४८ किलोमिटर सडकमा मात्रै सवारी साधन सञ्चालन अवस्थामा छन् तीमध्ये एक हजार चार सय साट किलोमिटर ग्राभेल सडक र ६ सय ६४ किलोमिटर पक्की सडक छ । चार सय १७ किलोमिटर सडक कच्ची अवस्थामा छ । दुई हजार चार सय ८ किलोमिटर लामो कर्णालीको सडक सञ्जालमा ट्राफिक व्यवस्थापनका लागि भने जम्मा दुई सय ९ जनाको ट्राफिक प्रहरी छन ।

यस हिसावले हेर्दा कर्णालीमा प्रति ट्राफिक ११ दशमलव ४१ किलोमिटर सडक ट्राफिक व्यवस्थापनका लागि जिम्मेवारीमा पर्छ । यसका साथै कर्णाली प्रदेशमा हालसम्म १३ हजार सात सय ११ वटा सवारी दर्ता भएका छन् । यस पक्षमा प्रति
ट्राफिक प्रहरीमा ६२ वटा सवारी साधनको जिम्मेवारी आईपुग्छ  ।

कतै जीर्ण भवन, कतै भाडाको बसाईं

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयल सुर्खेतको मातहतमा कर्णालीका सबै जिल्लामा जिल्लास्तरीय कार्यालयहरु छन् । ती कार्यालयका मातहतमा रहनेगरी अस्थायी ट्राफिक पोष्टहरुको स्थापना गरिएको छ । प्रदेशभर कुल ६१ वटा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशभर रहेको ट्राफिक प्रहरीका ११ युनिट र ६१ अस्थाई ट्राफिक पोष्टहरु आफैमा भौतिक संरचनागत व्यवस्थित कार्यालयका रुपमा रहेका छैनन् । प्रदेशको कालिकोट, जुम्ला, हुम्ला, मुगु, दैलेख र रुकुमपश्चिमस्थित ट्राफिक कार्यालयहरु अझैपनि घर तथा कोठा भाडामा लिई सेवा सञ्चालन गर्न वाध्य छन् । पहिला सल्यानको ईलाका प्रहरी कार्यालय बसेको पुरानो भवनमा अहिले ट्राफिक प्रहरीलाई वसोवासको व्यवस्थापन गरिएको छ ।

जाजरकोटमा भने सार्वजनिक जग्गामा ट्राफिक प्रहरीले कच्ची भवन बनाएर आफनो सेवा सञ्चालन गरिरहेकोे छ । यसअघि जिल्ला प्रहरी कार्यालय डोल्पासँगै बसेको डोल्पाको ट्राफिक कार्यालय हाल भने घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको छ । सुर्खेतमा पनि ट्राफिक प्रहरीलाई पुरानो संरचना नै थोपरिएकोे छ । जिल्ला प्रहरी कार्यालयले नयाँ भवन बनेपछि छोडेको पुरानो भवनमा अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आप्mनो प्रयोगमा ल्याएको छ ।

कर्णालीका १० जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएको प्रदेश ट्राफिक प्रहरीको कार्यालयले अहिले यान्त्रिक कार्यालयको पुरानो भवन प्रयोग गर्न पाएको छ ।

कर्णाली प्रदेश भरिका जिल्लाहरुको अवस्था हेर्ने हो भने प्रहरीले लामो सयमसम्म प्रयोग गरेर आप्mनो नयाँ भवन बनाएपछि छाडेको पुराना तथा जीर्ण हुँदै गएका भवनमा ट्राफिक प्रहरीलाई ओत लगाइएको छ । यसैगरी सवारी साधनका रुपमा ट्राफिक प्रहरीलाई खासगरी कार्यालयगत रुपमा एक थान मोटरसाइकल उपलब्ध छ ।

ट्राफिक प्रहरि कार्यालयमा दुई थान, सुर्खेतको जिल्ला कार्यालयमा तीन थान र सल्यान, रुकुम पश्चिम, दैलेख र कालिकोटका लागि एक–एक थान मोटरसाइकल उपलब्ध गराईएको छ ।यसैगरी ट्राफिकको प्रदेश कार्यालय र सुर्खेतको जिल्ला कार्यालयमा गरी तीन थान पिकअप जिपको व्यवस्था गरिएको छ । यी सवारी साधन भीआइपी सवारीका लागि ट्राफिक व्यवस्थापनलगायतका काममा प्रयोग हन्छन् । यसैगरी प्रदेश कार्यालयको मातहतमा हेभी स्काभेटर र बबक्याट स्काभेटरको व्यवस्था गरिएको छ ।

 

राजस्व करोडमा, ट्राफिक सधैं रोडमा

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको भेला

राजस्व करोडमा, ट्राफिक सधैं रोडमा

ब्राण्ड स्टाेरी : अारानमै सम्भावनाका चाङ्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!