हृदयघात भई मृत्यु भएका कृष्ण बहादुर सुनारको परिवारलाई राहत वितरण

दिलिप ढकाल
सुर्खेत,१२ असोज ।
पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा १३ को वडा कार्यलय द्वारा हृदयघात भई मृत्यु भएका कृष्ण बहादुर सुनारको परिवार लाई राहत वितरण गरिएको छ ।
गुर्भाकोट नगरपालिका वडा नम्बर १३ स्थायी घर भएका स्वर्गीय कृष्ण बहादुर सुनारको गत भदौ ८ गते हृदयघातका कारण उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको थियोे। मृतक सुनारको घरको आर्थिक अबस्था एकदमै नाजुक भएको र चाडबाड को बेलामा पनि साझ बिहान चुलो बाल्न धौ धौ भएको अबस्थालाई मध्यनजर गर्दै राहात वितरण गरिएको हो।
मृतक कि श्रीमति सुमन रसाइली लाई वडा कार्यालयमा बोलाएर खाद्यान्न सामाग्री हरु : चामल दाल नुन तेल लगाएत दुई थान बलाङ्केट हस्तान्तरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ ले जानकारी दिए ।
गत बैशाख ३० गते स्थानिय तहको निर्बाचनमा वडा नम्बर १३ मा निर्बाचित वडा अध्यक्ष,वडा सदस्य तथा वडा कार्यालयमा कार्यरत कर्मचारीको सहयोगमा निज सुमन रसाईलिलाई सहायोग गरिएको हो। साथै निज रसईलिलाई रु तिन हजार एक सय (३१००) रुपैया आर्थिक सहयोग गरिएको छ ।
सबै खुसियाली भएर रमाउने चाडपर्वमा आफ्नै वडा भित्र बसोबास गर्ने निज रसाईलिको परिवारले खुसि का साथ् चाडबाड मनाउन सकुन भन्ने उदेश्यले उक्त रकम तथा खाद्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष गुरुङले बताए ।
साथै वडाले आगामी दिनमा यस्तै बिपन्न नागरिकको पहिचान गरि सक्दो राहात दिने तथा राहातको पहल गर्ने समेत उनले बताए ।






